प्रचण्डलाई सांसद योगेन्द्रको प्रश्न- मन्त्रिपरिषद्‍मा थारु खोइ ?

विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले समानुपातिक समावेशी सहभागीताको मुद्धा बोकेको माओवादीले पञ्चायतकालीन समावेशीतका अपनाएको आरोप लगाएको छ ।

मंगलबारको संसद बैठकमा बोल्दै फोरम लोकतान्त्रिक संसदीय दलका नेता योगेन्द्र चौधरीले माओवादी केन्द्रको नेतृत्वमा गठन भएको सरकारमा संविधानले व्यवस्था गरेअनुसार समानुपातिक समावेशी सिद्धान्तका आधारमा मन्त्रिमण्डल नबनेको भन्दै आलोचना गरे ।

उनले भने, ‘संविधान कार्यान्वयनको विषय उठाएका छौ , जुन समावेशीतासँग गासिएको छ । मधेशी मोर्चाले पनि यो माग उठाइरहेको छ । सरकारले संविधान संसोधनमार्फत् यी विषय सम्बोधन गर्छौ भनेको बेला मन्त्रिपरिषद्मा खै थारु ? खै महिला ? खै जनजाती ?’ संविधान कार्यान्वयन ठिकस“ग चाहेका छौ भने सबै राजनीतिक दलको साझा प्रतिवद्धता आउनुपर्छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *