थाकस उपत्यकामा सुमन दोस्रो कार्यकालका लागि निर्विरोध

थारु कल्याणकारिणी सभा (थाकस) उपत्यका समितिको सतौं अधिवेशनले सत्यनारायण चौधरी ‘सुमन’ नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ। शनिबार भएको अधिवेशनमा उनी निर्विरोध निर्वाचित भएका हुन्। उपत्यका समितिमा उनको यो दोस्रो कार्यकाल हुनेछ।

समितिमा रौतहटका जोगा चौधरी, बाराका जितेन्द्र चौधरी, धनगढीका प्रेमा चौधरी, ललितपुरका पृथ्बीचन्द चौधरी, ललितपुरकै गीता चौधरी, मोरङका बिन्देश चौधरी, सप्तरीका रीमा चौधरी, नवलपरासीका श्यामबहादुर चौधरी, सप्तरीका तुल्सी चौधरी र सप्तरीकै प्रमोद कुमार चौधरी छन्।

अधिवेशनले ४ सदस्यीय केन्द्रीय प्रतिनिधि पनि सर्वसम्मतले चयन गरेको छ। केन्द्रीय प्रतिनिधिमा सप्तरीका राजकुमार लेखी र वीरेन्द्रप्रसाद चौधरी र रौतहटका प्रेमीलाल चौधरी, धर्मलाल चौधरी छन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *