तमलोपामा गोविन्द चौधरीको पद घटुवा

तराई मधेस लोकतान्त्रिक पार्टीले महाधिवेशन सकिएको ४८ दिनपछि केन्द्रीय समिति गठन गरेको छ । तमलोपाको पहिलो महाधिवेशन असार ६ देखि ९ नवलपरासीको रामग्राममा भएको थियो । तर, केन्द्रीय समिति गठन गर्न सकेको थिएन । हालै मात्र उसले नौं पदाधिकारीसहित केन्द्रीय समिति गठन गरेको छ ।

अध्यक्षमा महन्थ ठाकुर सर्वसम्मत चयन भएका थिए । वरिष्ठ उपाध्यक्षमा हृदयेश त्रिपाठी छन् भने उपाध्यक्षमा सर्वेन्द्रनाथ शुक्ल, वृषेशचन्द्र लाल छन् । त्यस्तै महामन्त्रीमा बृजेशकुमार गुप्ता र जंगीलाल राय छन् । अनिता यादव कोषाध्यक्ष, जयप्रकाश ठाकुर र राजेश मिश्र सहमहामन्त्री छन् ।

पूर्वमहामन्त्री गोविन्द चौधरीको भने घटुवा भएको छ । उनी केन्द्रीय सदस्य मात्र छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *