राजनीति

प्रचण्डले धोका दिएपछि गच्छदार तनावमा

केपी शर्मा ओली नेतृत्वको सकारमा रहेका बेला नै राजीनामा दिएर पुष्पकमल दाहाल प्रचण्डको पक्षमा उभिएका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार तनावमा परेका छन् । अन्तिम समयमा उनलाई मन्त्री नबनाउने तयारी भएपछि उनी तनावमा परेका छन् । नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले आफूलाई धोका दिएको उनले निकटस्थहरुसँग बताउने गरेका छन् ।

थारूवान

सरकारले आजै बस्ने क्याबिनेट बैठकबाट तराई-मधेश आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार, राहत र थुनामा परेकाहरुलाई रिहाई गर्ने भएको छ। सरकार र संघीय गठबन्धनबीच प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको वार्तामा यस्तो सहमति भएको हो।

थारूवान

कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले सिंहदरबारस्थित मन्त्रालयमा पदभार सम्हाल्दै कृषि क्षेत्रको विकास र विस्तारका लागि आफू कटिबद्ध भएर लाग्ने बताएका छन्। 

थारूवान

कैलालीका क्षेत्र नम्बर ४ का सांसद गौरीशंकर चौधरीले बिहिबारदेखि कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

थारूवान

नेपाली कांग्रेस र माओवादी केन्द्रले पहिलो चरणमा सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएका छन्। माओवादीबाट उपप्रधान तथा अर्थमन्त्रीमा कृष्णबहादुर महरा, दलजीत श्रीपाली युवा तथा खेलकुद र गौरीशंकर चौधरीलाई कृषि मन्त्रालयको जिम्मेवारीसहित पहिलो चरणमा सरकारमा सहभागी हुने भएका हुन्।

थारूवान

नयाँ सत्ता समीकरणमा सामेल भएको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय गच्छदारलाई तत्काल सरकारमा सामेल नगराउने भित्री सहमति कांग्रेस र माओवादीबीच बनेको छ । गच्छदार सरकारमा आउने चर्चासँगै मोर्चाका नेताहरूले असन्तुष्टि जनाएपछि तत्काल गच्छदारलाई सरकारमा नल्याइने भएको हो ।

थारूवान

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार दिउँसो पद तथा गोपनीयताको शपथ लिने भएका छन्। व्यवस्थापिका संसद्बाट बुधबार प्रधानमन्त्री निर्वाचित दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ गराउने छिन्।

थारूवान

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चासहितको संघीय गठवन्धनबीच तीनबुँदे सहमति भएको छ । यससँगै प्रधानमन्त्रीको चुनावमा प्रचण्डले मधेसी मोर्चाको भोट पनि पाउने भएका छन् । सहमतिको पहिलो बुँदा संविधान संशोधन प्रूताव संसदमा दर्ता गर्नेबारे उल्लेख छ ।

थारूवान

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। व्यवस्थापिका–संसद्को तेस्रो दल भए पनि नेपाली काँग्रेसलगायतका १६ दलको सहयोगमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।

थारूवान

नेकपा (माओवादी केन्द्र)का नेता एवम् सांसद पुष्पकमल दाहाल मुलुकको ३९ औँ प्रधानमन्त्री निर्वाचित भएका छन्। व्यवस्थापिका–संसद्मा आज भएको प्रधानमन्त्री पदको निर्वाचनमा ३६३ मत प्राप्त गरेर उहाँ मुलुकको कार्यकारी प्रमुखमा निर्वाचित भए। 

थारूवान