कैलालीका थारू किसान बने कृषि मन्त्री

कैलालीका क्षेत्र नम्बर ४ का सांसद गौरीशंकर चौधरीले बिहिबारदेखि कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

२०३८ साल माघ ५ गते बसौटी–३ मा जन्मलिएका ३४ वर्षिय गौरीशंकर चौधरीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कृषि मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

बिहीबार दिउँसो शितल निवासमा आयोजित एक समारोहमा प्रधानमन्त्री प्रचण्डले सपथ ग्रहण गरेपश्चात मन्त्री चौधरी सहित चारजना मन्त्रीहरुले सपथ ग्रहण गरेका थिए । मन्त्री चौधरीले सपथ ग्रहण गर्दा मन्त्रालय नखुलाएपनि मन्त्री चौधरीलाई कृषि मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

२०३८ साल माघ ५ गते कैलाली जिल्लाको बसौटी ३ मा जन्मिएका मन्त्री चौधरी बाबु आशाराम र आमा घोघनीका छोरा हुन् । विवाहित मन्त्री चौधरीको एक छोरी छन् । चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।

२०७० सालको दोस्रो संविधानसभाको चुनावबाट मन्त्री चौधरीले ११ हजार भन्दा बढी मत ल्याएर एमालेका जिल्ला अध्यक्ष दिर्घ सोडारीलाई हराएर सांसद भएका थिए ।

उनी १६ वर्षको उमेरका छदा २०५४ सालदेखि माओवादी जनयुद्धमा संलग्न भएका थिए । माओवादी जनयुद्धमा सेनाका रुपमा काम गरेका मन्त्री चौधरी सातौ तहमा विग्रेड कमाण्डर थिए । शान्ति प्रक्रिया पश्चात पार्टीमा जिल्ला संयोजक हुँदै केन्द्रिय सदस्य, पोलिट व्यूरो सदस्य भएका उनी २०७० सालको दोस्रो संविधान सभाको चुनावबाट सांसद भएका थिए भने २०७३ साउन २० गते कृषि मन्त्री बनेका छन् ।

संसद सचिवालयको रेकर्ड अनुसार उनले एसएलसी उत्तीर्ण गरेका छन् । उनको पारिवारिक पृष्ठभूमि कृषि भएको संसदको रेकर्डमा उल्लेख छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *