मन्त्री चौधरीले भने, ‘जनतालाई दिने सेवा सुविधामा कन्जुस्याइँ नगर्नुहोस्’

कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले सिंहदरबारस्थित मन्त्रालयमा पदभार सम्हाल्दै कृषि क्षेत्रको विकास र विस्तारका लागि आफू कटिबद्ध भएर लाग्ने बताएका छन्। 

मन्त्रालयका कर्मचारीको सहयोग र समर्थनले मात्र आफ्नो कार्यकाल सफल हुने बताउँदै मन्त्री चौधरीले भने, ‘जनतालाई दिने सेवा सुविधामा कन्जुस्याइँ नगर्नुहोस्।’ उनले आफ्नो कार्यकालमा कृषि क्षेत्रको विकासको लागि राम्रो गरेर देखाउने प्रतिबद्धतासमेत व्यक्त गरे।

कृषि मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले २० वर्षे कृषि दीर्घकालीन रणनीति कार्यान्वयनको चरणमा रहेकाले यसलाई सफल पार्न सबै क्षेत्र एक भएर लाग्नुपर्ने बताए।

विसं २०३८ मा कैलालीको बसौटीमा जन्मिएका चौधरी २०७० सालको निर्वाचनमा कैलाली क्षेत्र नं ४ बाट सांसद बनेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *