प्रचण्डले धोका दिएपछि गच्छदार तनावमा

केपी शर्मा ओली नेतृत्वको सकारमा रहेका बेला नै राजीनामा दिएर पुष्पकमल दाहाल प्रचण्डको पक्षमा उभिएका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार तनावमा परेका छन् । अन्तिम समयमा उनलाई मन्त्री नबनाउने तयारी भएपछि उनी तनावमा परेका छन् । नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले आफूलाई धोका दिएको उनले निकटस्थहरुसँग बताउने गरेका छन् ।

कांग्रेस–माओवादी गठबन्धनको सरकारमा फोरम लोकतान्त्रिकलाई रोक्न संघीय समाजवादी फोरम पनि निकै सक्रिय भएर लागेको छ । फोरम अध्यक्ष उपेन्द्र यादवले फोरम लोकतान्त्रिकका अध्यक्ष्ँ गच्द्धदारलाई सरकारमा जानबाट रोक्न प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र भारतीय दुतावमा समेत दवाव दिइसकेका छन् ।

अध्यक्ष विजय गच्छदार मन्त्रालय हेर आफु जाने वा नेता जितेन्द्र देवको नेतृत्वमा सरकारमा सहभागी हुगराउने भन्नेमा छलफल चलाइरहेका छन् । ‘मैले प्रचण्डलाई धेरै साथ दिए सहयोग पनि गरेको छु ’ गच्छदारको भनाई उदृत गर्दै एक नेताले भने, ‘उनको सल्लाहमा नै मैले ओलीलाई छाडे अहिले मलाई धोका भयो । ’ तर अझै पनि उनले सरकार जाने विषयमा आशा भने मारिसकेका छैनन ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *