कांग्रेस-माओवादी र संघीय गठबन्धनबीच भएको तीनबुँदे सहमतिमा के छ?

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चासहितको संघीय गठवन्धनबीच तीनबुँदे सहमति भएको छ । यससँगै प्रधानमन्त्रीको चुनावमा प्रचण्डले मधेसी मोर्चाको भोट पनि पाउने भएका छन् । सहमतिको पहिलो बुँदा संविधान संशोधन प्रूताव संसदमा दर्ता गर्नेबारे उल्लेख छ ।

सहमतिमा भनिएको छ-‘मधेसी मोर्चा/ संघीय गठवन्धनले नेपाल सरकार समक्ष प्रस्तुत गरेका मागहरु मध्ये संविधानसंग सम्वन्धित रहेका विषयहरमा सहमतिको आधारमा सरकारले संविधान संशोधन विधेयक संसदमा प्रस्तुत गर्ने ।’

दलहरुबीच आन्दोलनका क्रममा भएका घटनाको छानविनका लागि पूर्व न्यायाधीशको अध्यक्षमा उच्चस्तरीय छानविन आयोग गठन गर्ने सहमति भएको छ । आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा, पीडित परिवारलाई आर्थिक सहयोग दिने सहमतिमा उल्लेख छ ।

यस्तै अपाङ्ग भएकाहरुलाई क्षतिपूर्ति, घाइको उपचार खर्च, पक्राउ परेकाहरुको रिहाइ र मुद्धा खारेज गर्ने सहमति भएको छ । यसअघि मंगलबार सातबुँदे र तीनबुँदे सहमतिको मस्यौदा तयार भएर पनि सहमति हुन सकेको थिएन ।

तीन बुँदे सहमति यस्तो छ…

१. संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा/संघीय गठबन्धनले नेपाल सरकार समक्ष प्रस्तुत गरेका मागहरु मध्ये संविधानसँग सम्बन्धित रहेका विषयहरुमा सहमतिका आधारमा सरकारले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका-संसदमा प्रस्तुत गर्ने ।

२. सरकार गठन भए लगत्तै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा/संघीय गठबन्धनको आन्दोलनको क्रममा तराई मधेसमा भएका हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुबारे सत्यतथ्य छानविन गरी प्रतिवेदन पेश गर्न सरकारले पूर्व न्यायधीशको अध्यक्षतामा उत्तस्तरीय छानविन आयोग गठन गर्ने । उक्त आन्दोलनको क्रममा बलिदान भएकाहरुलाई उच्च सम्मान गर्दै सहीद घोषणा गर्ने, पीडित परिवारलाई ससम्मान आर्थिक सहयोग उपलब्ध गराउने । अपांग भएकाहरुलाई क्षतिपूर्ति उपलब्ध गराउने र घाइते भएकाहरुलाई सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने । गिरफ्तार गरिएकाहरुलाई विना शर्त रिहाइ गर्ने र लगाइएका मुद्धाहरु सरकारले खारेज तथा फिर्ता लिने ।

३. आगामी सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच भएको सहमति अनुसार व्यवस्थापिका संसदमा विसं २०७३ श्रावण १९ गते हुने प्रधानमन्त्रीको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष माननीय पुष्पकमल दाहाल (प्रचण्ड) पक्षमा मतदान गर्ने । agreement moist and madhesi




Leave a Reply

Your email address will not be published. Required fields are marked *