गच्छदारलाई तत्काल सरकारमा नलगिने

नयाँ सत्ता समीकरणमा सामेल भएको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय गच्छदारलाई तत्काल सरकारमा सामेल नगराउने भित्री सहमति कांग्रेस र माओवादीबीच बनेको छ । गच्छदार सरकारमा आउने चर्चासँगै मोर्चाका नेताहरूले असन्तुष्टि जनाएपछि तत्काल गच्छदारलाई सरकारमा नल्याइने भएको हो ।

गच्छदारलाई सरकारमा ल्याउने कि नल्याउने भन्ने विषय नमिल्दा तीन बुँदे सहमतिमा समेत ढिलाइ भएको थियो । गच्छदार सरकारमा आउने संकेत मिलेपछि मोर्चाका नेताहरू मंगलबार कांग्रेस र माओवादीका नेताहरूसँग असन्तुष्ट बन्दै प्रधानमन्त्री निर्वाचनमा मत नहाल्नेसम्मको चेतावनी दिएका थिए । ‘तत्काल गच्छदारलाई सरकारमा ल्याइन्न,’ स्रोतले भन्यो, ‘दोस्रो चरणमा मोर्चाको गतिविधि हेरेर सरकारमा ल्याउने नल्याउने तय हुन्छ ।’

कांग्रेस, माओवादी र राप्रपा मिल्दा नै सरकारलाई बहुमत पुग्ने भएकाले फोरम लोकतान्त्रिकलाई तत्काल सरकारमा नल्याइने कांग्रेसका एक नेताले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *