माअाेवादी केन्द्रबाट गाैरीशंकर चाैधरी कषि मन्त्री

नेपाली कांग्रेस र माओवादी केन्द्रले पहिलो चरणमा सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएका छन्। माओवादीबाट उपप्रधान तथा अर्थमन्त्रीमा कृष्णबहादुर महरा, दलजीत श्रीपाली युवा तथा खेलकुद र गौरीशंकर चौधरीलाई कृषि मन्त्रालयको जिम्मेवारीसहित पहिलो चरणमा सरकारमा सहभागी हुने भएका हुन्।

माओवादी केन्द्रको हेडक्वाटर बैठकले तीनजनाको नाम तय गरेको हो उनीहरुले आजै सपथ ग्रहण गरेका छन्। यसैगरी नेपाली कांग्रेसबाट बिमलेन्द्र निधीले सरकारमा पार्टीको नेतृत्व गर्नेछन्। उनले उपप्रधानसहित गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्। र रमेश लेखक भौतिक पुर्वाधार तथा यातायत मन्त्री बन्ने भएका छन्। बिहीबार बसेको कांग्रेस नेताहरुको बैठकले दुइ जनालाई सरकारमा पठाउने निर्णय गरेको हो।

कांग्रेसबाट नेता अर्जुननरसिंह केसीकाे नाम तय भएपनि केसीले अन्तिम अवस्थामा अाएर मन्त्री बन्न अस्विकार गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *