राजनीति

संविधान संशोधन हुनैपर्ने थारुको माग

कारी महतो/चितवन- नेपालको संविधानमा थारु लगायत आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिलाहरुको जायज आवाज छुटेर अपुरो र अधुरो भएकोले अनिवार्य रुपमा संशोधन हुनैपर्ने र सबैले अपनत्व स्वीकार गर्ने संविधान बनाउनु पर्ने थारु समुदायले पुनः निश्कर्ष निकालेका छन्।

थारूवान

थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय अध्यक्ष रामदिन चौधरीको सोमबार निधन भएको छ । पूर्वी चितवनको खैरहनी-७ सुल्ताना निवासी चौधरीको ८५ वर्षको उमेरमा चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । उनको सोमबार नै देवघाटमा अन्त्यष्टी गर्ने तयारी गरिएको छ । उनी २०४६ सालमा थारु कल्याणकारिणी सभाको केन्द्रीय अध्यक्ष बनेका थिए...

थारूवान

व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले स्थानीय निकायको पुनःसंरचना हतारमा नगर्न आग्रह गरेका छन्। स्थानीय निकायको पुनःसंरचना आयोगले ५६५ वटा स्थानीय निकाय हुने प्रतिवेदन सार्वजनिक गरेको सन्दर्भमा सांसद्हरुले जनताको मर्म र भावनाअनुसार त्यसलाई पुनःविचार गर्न माग गरेका हुन्।

थारूवान

संविधानप्रति असन्तुष्टि जनाउँदै लामो आन्दोलन गरेको मधेसी मोर्चाले संविधाका ३४ वटा धारा संशोधन गर्न प्रस्ताव गरेको छ। मधेसको माग सम्बोधन गर्ने भन्दै कांग्रेस–माओवादीले मधेसी मोर्चासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न संविधानका ३४ धारा संशोधन गर्नुपर्ने प्रस्ताव मधेसी मोर्चाले गरेको हो। जसमा सरकारको नेतृत्व गरेको माओवादी केन्द्र सकारात्मक रहेपनि...

थारूवान

सङ्घीय गठबन्धनमा आबद्ध मधेसी मोर्चाका नेताहरुले सरकारमा सहभागी हुन ८ वटा मन्त्रालय पाउनुपर्ने सर्त अघि सारेका छन्। सरकारमा जानका लागि ८ मन्त्रालयको माग गरेको तराई मधेस लोकतान्त्रिक पार्टीका एक नेताले जानकारी दिए। मोर्चाले कांग्रेस–माओवादी केन्द्रसँग तीन बुँदे सहमति गरी प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मतदान गरेको थियो।

थारूवान

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)ले आफूसँगको सहयात्रामा धोका दिएको बताएका छन्।

थारूवान

लिम्बूवान राज्य परिषद्ले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि झापालगायतका पुर्वका जिल्लाका जनजीवन प्रभावित भएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर लिम्बुवान राज्य खोसेको भन्दै परिषद्ले हरेक वर्ष साउन २२ गतेलाई ‘कालो दिन’ दिनका रुपमा लिँदै आएको छ । त्यसैको विरोधमा आज बन्द गरिएको बताइएको छ ।

थारूवान

सप्तरी जिल्ला अदालत बार एकाइको अध्यक्ष पदमा प्रगतिशील पक्षका रामप्रसाद चौधरीसहित बहुमतले विजय हुनुभएको छ । शुक्रबार साँझसम्म घोषित निर्वाचन परिणामअनुसार चौधरीले ५२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी मर्यादित समूहका महेश्वर साहले २५ मत ल्याएर चित्त बुझाउनु परेको छ ।

थारूवान

माओवादी केन्द्रका सांसद एवं कृषि मन्त्री गौरीशंकर चौधरीलाई थारु युवाहरुले टीकापुरको पीडा सुनाएका छन्। टीकापुर घटनापछि पक्राउ परेका थारु परिवारको विचल्ली भएको र त्यहाँको अवस्था दयनीय रहेको मन्त्री चौधरीलाई उनीहरुले ध्यानाकर्षण गराएका थिए।

थारूवान

सरकारले मधेस आन्दोलनमा मारिएकाका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ एक हप्ताभित्र उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकबाट यो निर्णय गर्नु अघि प्रचण्डले मधेसी मोर्चामा आवद्ध दलका नेताहरुसँग परामर्श गरेका थिए ।

थारूवान