सप्तरी बार अध्यक्षमा रामप्रसाद चौधरी बहुमतले विजयी

सप्तरी जिल्ला अदालत बार एकाइको अध्यक्ष पदमा प्रगतिशील पक्षका रामप्रसाद चौधरीसहित बहुमतले विजय हुनुभएको छ । शुक्रबार साँझसम्म घोषित निर्वाचन परिणामअनुसार चौधरीले ५२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी मर्यादित समूहका महेश्वर साहले २५ मत ल्याएर चित्त बुझाउनु परेको छ ।

उपाध्यक्ष र कोषाध्यक्ष पदमा मर्यादित समूहका कामेश्वर यादव र दिगम्बर यादव भने निर्वाचित हुनुभएको हो । सचिव पदमा प्रगतिशील पक्षधरका उदितनारायण यादव ४५ मत ल्याई निर्वाचित भएको बताइएको छ । अर्का उम्मेदवार रामएकवाल मण्डलले भने ३१ मत मात्र प्राप्त गर्नुभएको छ ।

यस्तै पाँच जना सदस्य पदका लागि भएको निर्वाचनमा प्रगतिशील पक्षका सुमन कुमार मिश्र, महेन्द्रप्रसाद यादव, वीरबहादुर कडारी र मर्यादित समूहका कमलकुमार यादव निर्वाचित भएको निर्वाचन समितिका संयोजक रामकुमार यादवले जानकारी दिनुभयो । त्यस्तै महिला सदस्यतर्फबाट प्रगतिशील समूहका रञ्जिता रिजाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैबीच चार केन्द्रीय पार्षद्मा प्रगतिशील पक्षका सुरेन्द्र यादव, केशवप्रसाद दास, कृपानारायण यादव र भोजराज शर्मा निर्विरोध निर्वाचित भएका छन् । जिल्ला बार एकाइको निर्वाचनमा कुल मतदाता सङ्ख्या ८१ रहेकोमा ७९ जनाले मतदान गरेको थियो । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *