थारु कल्याणकारिणी सभाका पूर्व अध्यक्षको निधन

थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय अध्यक्ष रामदिन चौधरीको सोमबार निधन भएको छ । पूर्वी चितवनको खैरहनी-७ सुल्ताना निवासी चौधरीको ८५ वर्षको उमेरमा चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।

उनको सोमबार नै देवघाटमा अन्त्यष्टी गर्ने तयारी गरिएको छ । उनी २०४६ सालमा थारु कल्याणकारिणी सभाको केन्द्रीय अध्यक्ष बनेका थिए । उनका दुई श्रीमती, ५ छोरा र ६ छोरी छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *