प्रधानमन्त्री प्रचण्डले भने- ‘संविधान संशोधनभित्र सबै उत्पीडित अट्नेछन्’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै जातिभाषी, वर्ग, क्षेत्र र समुदायको अधिकार सुनिश्चित हुने गरी संविधानको संशोधन गर्न सकिने बताएका छन्। 

२२औं विश्व आदिवासी दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो लडाइँ उत्पीडित वर्गकै लागि भएकाले संविधानमा उनीहरु कुनै हालतमा नछुट्ने बताए। ‘उत्पीडित, मधेसी, मुस्लिम लगायतका वर्गले आफ्नो अपनत्व, स्वामित्व संविधानमा भएको महसुस हुने गरी नै संविधान संशोधन हुनेछ,’ उनले स्पष्ट पारे।

उनले अर्को वर्षबाट अन्तर्राष्ट्रिय आदिवासी दिवस सरकारको नेतृत्वमा नै आयोजना गर्ने प्रतिबद्धता समेत जनाए। ‘बोलीले भन्दा पनि कामले गरेर देखाउने’ भन्दै आएका प्रधानमन्त्रीले आज निकै कम समय मात्र बोलेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *