थारुहरुमाथि राज्यले दमन गर्‍यो : थारु सांसद

थारु सांसदले गत साल भदौ ७ मा भएको टीकापुर घटनापछि थारुहरुमाथि भएको व्यापक दमन तथा मानव अधिकारविरोधी कार्यको विरोध गरेका छन् । राजनीतिक माग उठाउने क्रममा भएको टीकापुर घटनालाई राज्यले अपराधीकरण गरेको थारु सामाजिक संघ संस्था तथा राजनीतिक दलका नेताहरुले बताएका छन् ।

विश्व आदिवासी दिवसको अवसरमा नेपालका आदिवासीहरुको मानव अधिकारसम्बन्धी वकिल समुह (लाहुर्निप)ले आयोजना गरेका “आदिवासीको मानव अधिकारको वर्तमान स्थितिः टीकापुर–कैलाली घटना सन्दर्भ” विषयक कार्यक्रमका वक्ताहरुले सो भनाइ राखेका हुन् ।

सो कार्यक्रममा व्यवस्थापिका संसदका थारु सदस्यहरु गंगा चौधरी, तेजुलाल चौधरी, योगेन्द्र चौधरी र अमनलाल मोदी थारुलगायतको सहभागिता रहेको थियो ।

कानुन व्यवसायी तेजनारायण चौधरीका अनुसार थारुहरुविरुद्ध चलिरहेको मुद्दाको मिसिल हेर्दा उनीहरु दोषी ठहरिने कुनै पनि आधारमा नभएको बताए । त्यस्तै थारु समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिले सबै थारुहरु मिलेर एकजुट हुनुपर्ने बताए । थारु आन्दोलन थारुहरुका लागि मात्र नभई समग्र थारु, आदिवासी तथा उत्पीडित वर्गको लागि भएको उनीहरुले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *