था.क.स.

थारुहरुले थाकसको २२औं महाधिवेशन आन्दोलनको रुपमा मनाउने

थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन असोज ६,७ र ८ गते हुने भएको छ। गतवर्ष नै हुनुपर्ने महाधिवेशन विभिन्न कारणले हुन सकेको थिएन। गत असार १४ गते बसेको थाकसको केन्द्रीय सभा बैठकले यो मिति तय गरेको हो। तर कुन ठाउँमा महाधिवेशन गर्ने अहिलेसम्म टुंगो लागेको छैन।

थारूवान

कारी महतो थारु/हेटौडा। प्रतिनिधि सभाका सांसद पद्मनारायण चौधरीले थारु महिलाहरुको उत्थानका लागि उनीहरुलाई आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् । हेटौंडामा भएको थारु महिला सभाको दोस्रो महाधिवेशनका प्रमुख अतिथिका रुपमा आमन्त्रित नेपाली कांग्रेसका सांसद चौधरीले मन्तव्यको क्रममा यस्तो बताएका हुन् ।

थारूवान

कारी महतो/हेटौंडा। थारु महिला सभाको दोस्रो महाधिवेशनको उद्घाचटन सत्र सम्पन्न भएको छ। प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा आयोजित उद्घाछटन सत्रमा प्रमुख अतिथि नेपाली कांग्रेसका सांसद पद्मनारायण चौधरी रहेका थिए। त्यस्तै नेपाली कांग्रेसका अर्का सांसद तेजुलाल चौधरी पनि विशिष्ट अतिथिको रुपमा सहभागी भएका थिए।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) पर्साकाे सभापतिमा हेमनारायण चौधरी निर्विरोध निर्वाचित भएका छन् । पर्साको जिराभवानी गाउँपालिकामा भएको सातौं जिल्ला अधिवेशनले उनको नेतृत्व स्वीकार गरेको हो । थाकसका महामन्त्री अमिरी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले अन्य पदाधिकारी भने चयन गर्न सकेन । अन्य पदाधिकारी शनिबार चयन हुने नन्दकिशोर पञ्जियारले जानकारी...

थारूवान

थारु कल्याणकारिणी सभा मकवानपुरको सभापतीमा हरिलाल चौधरी पुनः सर्वसहमत चयन भएका छन् । शनिबार हेटौंडामा भएको छैठौं जिल्ला अधिवेशनले हरिलालको नेतृत्वमा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।

थारूवान

श्याम सिटी/कपिलवस्तु। थारु कल्याणकारिणी सभा केन्द्रीय समिति तथा थरुहट थरुवान संयुक्त संघर्ष आन्दोलन परिचालन कमिटिको मेची महाकाली अनुगमन, जनचेतना तथा जनपरिचालन कार्यक्रम थारु कल्याणकारिणी सभा हल गोरुसिंगेमा सम्पन्न भएको छ ।

थारूवान

जितनारायण थनेत/नवलपरासी। प्रतिनिधिसभा सदस्य पदको शपथग्रहण गर्न पाउनुपर्ने माग गर्दै अनशनमा बसेका कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको रिहाइ र सांसदको मान्यता दिनुपर्ने माग गर्दै थारु कल्याणकारिणी सभा नवलपरासीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। फागुन २८ गतेबाट पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। आइतबार नवलपरासी पूर्व...

थारूवान

तीन दिनसम्म चलेको थारु कल्याणकारिणी सभा (थाकस) चितवनको जिल्ला अधिवेशनले १७ बुँदे घोषणा पत्र जारी गरेको छ । थाकसले घोषणा पत्रको पहिलो बुँदामा नै कैलालीको टिकापुर घटनापछि रेशम चौधरी, लक्ष्मण थारुलगायत थारु अगुवाहरुमाथि लगाइएको झुटा मुद्दा विनासर्त तत्काल खारेज गर्न माग गरेको छ । भरतपुर महानगरपालिका वडा नं. २२, बेलोध...

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) चितवनको सभापति ललित कुमार चौधरी निर्वाचित भएका छन्। नयाँ नेतृत्वको लागि शनिबार भएको निर्वाचनमा ललित चौधरी ७६ मतका साथ सभापतिमा निर्वाचित भए। उनका प्रतिद्वन्द्वी हरिचन्द्र चौधरीले ४६ मत प्राप्त गरे।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) चितवनको फागुन २४, २५ र २६ गते हुने १२औं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । १२ औं अधिवेशन मूल आयोजक समितिका संयोजक एवं थाकस चितवनका सभापति विश्राम महतोले अधिवेशनको सबै तयारी सम्पन्न भैसकेको बताए ।

थारूवान
1 5 6 7 8 9 13