थाकस पर्सामा हेमनारायण चौधरी निर्विरोध निर्वाचित

थारु कल्याणकारिणी सभा (थाकस) पर्साकाे सभापतिमा हेमनारायण चौधरी निर्विरोध निर्वाचित भएका छन् । पर्साको जिराभवानी गाउँपालिकामा भएको सातौं जिल्ला अधिवेशनले उनको नेतृत्व स्वीकार गरेको हो ।

थाकसका महामन्त्री अमिरी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले अन्य पदाधिकारी भने चयन गर्न सकेन । अन्य पदाधिकारी शनिबार चयन हुने नन्दकिशोर पञ्जियारले जानकारी दिए ।

अधिवेशनमा सहभागी वक्ताहरुले थारु समुदायको छाता संगठनले सम्पूर्ण थारुहरुको उत्थान गर्नुपर्ने बताएका थिए । उनीहरुले निस्क्रिय अवस्थामा रहेको थाकसलाई नयाँ कार्यसमितिले सक्रिय बनाउनुपर्ने बताएका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *