राष्ट्रियसभामा एक जना थारू निर्वाचित हुने सुनिश्चित

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशबाट पाँच जनाले मनोनयन दर्ता गराएका छन्। आज जनकपुरधामस्थित निर्वाचन आयोगको मधेस प्रदेश कार्यालयमासत्ता गठबन्धन तर्फबाट नेपाली कांग्रेस र जसपाबाट एक-एक जना, नेकपा (एमाले)बाट दुई जना र सत्ता गठबन्धमै रहेको जनमतबाट छुट्टै एक जनाले उम्मेदवारी दर्ता गराए।

कांग्रेसबाट अन्यतर्फ आनन्दप्रसाद ढुंगाना र महिलातर्फ जसपाकी पूजा चौधरीले मनोनयन दर्ता गराएको मधेस प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख नवीन चौधरीले बताए। एमालेबाट अन्यतर्फ विजेता झा र महिलातर्फ उषादेवी थरुनीले उम्मेदवारी दर्ता गराए। सत्ता गठबन्धन घटक जनमत पार्टीले मधेस प्रदेशमा अन्य समूहमा छुट्टै उम्मेदवारी दर्ता गराएको छ। जनमतबाट रामशंकर महासेठले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ।

यससँगै राष्ट्रियसभामा थारू समुदायबाट एक सिट सुनिश्चित भएको छ। यसअघि पनि राष्ट्रिय सभामा एक जना थारूको उपस्थिति थियो। सुदूरपश्चिमका हरिराम चौधरीको ६ वर्षीय कार्यकाल फागुन २० गते सकिँदैछ।




One thought on “राष्ट्रियसभामा एक जना थारू निर्वाचित हुने सुनिश्चित

  1. बल्ल एउटा शुभ समाचार सुन्न पाइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *