एमाले सांसद भगवती चौधरी सवार गाडीमा पहिचानवादीले गरे आक्रमण

नेकपा एमालेकी संघीय सांसद तथा केन्द्रीय सदस्य भगवती चौधरी सवार गाडीमा आक्रमण भएको छ । उदयपुरको घुर्मीमा नेकपा एमालेको ‘संकल्प यात्रा’ कार्यक्रम पश्चात् पारिवारिक शोकका कारण अकस्मात् सुनसरी फर्कने क्रममा उनी सवार गाडीमाथि उदयपुरको चौदन्डीगढीमा मंगलबार राति करिब ९ बजेर २३ मिनेट जाँदा अज्ञात व्यक्तिहरूले आक्रमण गरेका हुन् ।

आक्रमणमा परि नेतृ चढेको स्करपियोको ड्राइभर साइट तर्फको लुकिङ ग्लास र सिसा फुटेको छ । घटना घट्नेबित्तिकै स्थानीय तथा प्रहरीलाई सहयोग मागेपछि प्रहरीले स्कर्टिङ गरि पठाएको थियो । चतरा पुलसम्म उदयपुरको प्रहरी स्कर्टिङ गरेपछि सुनसरी प्रहरी प्रशासनको स्कर्टिङमा रात्रि करिब ११ बजे दुहबीस्थित घर पुगेको सांसद चौधरीले बताएकी छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *