सांसद अरुण चौधरीले गरे बाढी प्रभावित क्षेत्रको अनुगमन

कैलाली क्षेत्र नम्बर २ का संघीय सांसद अरुण कुमार चौधरीले लम्कीचुहा नगरपालिका, बर्दगोरिया र जानकी गाउँपालिकामा रहेका खोला नदीले कटान प्रभावित ठाउँहरूको अनुगमन गरेका छन्। हरेक वर्ष आउने बाढीले जमिन कटान गर्नुका साथै तटीय क्षेत्रमा रहेका बस्तीहरू उच्च जोखिममा छन्।

सांसद चौधरीसहितको टोलीले लम्की चुहा नगरपालिका वडा नम्बर १ रोरा पुलको बस्ती उदयपुरमा रोरा खोलाको कटान, चौरिपुर स्कुल पछाडि लम्की चुहा ४ र वडा नम्बर ६ जोडने चोरी खोलामा निर्माण गर्नु पर्ने पुल र छेउको कटान अवलोकन गरेको थियो। त्यस्तै लम्की चुहा ६ लोहरपुरमा चोरी नदिले कटान गरेको क्षेत्रको अवलोकनपछि चुहा र तोरिपुर भएर बग्ने पथरिया नदि कटान र पुल निर्माण गर्नुपर्ने ठाउँ उनीहरूले अवलोकन गरे।

त्यस्तै लम्की चुहा ६ मा पर्ने प्रतापपुर जाने बाटोमा कटान अवलोकन गरेर लम्की चुहा ९ खमरिया हुँदै वडा नम्बर ७ को चादको पार, हर्दानी नदि कटान अवलोकन गर्दै, हर्दानी र खैरेनी जोड्ने जिर्ण कल्वटको अवलोकन गर्दै जानकी गाउँपालिका २ परागीपुर जोडने पुलको अनुगमनसमेत गरेका थए।

सांसद चौधरीले कटान क्षेत्रमा रानी जमरा कुलरिया परियोजनाबाट बजेट हालेर आउने आर्थिक वर्षभित्र नदी कटान नियन्त्रण गर्न पहल गर्ने बताए। उनले थप बजेट नेपाल सरकारका विभिन्न निकायबाट ल्याउने बताए। पाँच वर्षीय कार्यकालभित्र आवश्यक ठाउँमा पुल निर्माण गर्न र तटबन्ध गर्न भरपुर पहल गर्ने उनको भनाइ छ। उनले लम्की चुहा वडा नम्बर ४ र ६ जोडने चौरीपुर स्कुल पछाडि पुल अति नै आवश्यक रहेकाले पुल निर्माणमा लाग्ने बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *