अन्नु चौधरीको नयाँ गीत सार्वजनिक, भिडियोमा निरज र दियाको रोमान्स

सेबिल इन्टरटेन्मेन्टले सांगीतिक क्षेत्रमा यसपटक नयाँ प्रयास गरेको छ। थारु र मैथिली शब्दको फ्युजन रहेको अहाँ जान छी हमर बोलको गीत सार्वजनिक गरेको छ। अन्नु चौधरी र सन्नु कुमारको स्वर रहेको गीतलाई सरोज मण्डलले लेखेका छन् भने शैलेन्द्र विश्वकर्माले संगीत भरेका छन्।

लोकेन्द्र राज चौधरीले निर्माण गरेको गीतको म्युजिक भिडियोलाई सेबिल इन्टरटेन्मेन्टले सार्वजनिक गरेको छ। भिडियोमा निरज चौधरी र दिया पाण्डेले अभिनय गरेका छन्। राजु राजदेव चौधरीको निर्देशनमा बनेको भिडियोलाई अनिल शाहले खिचेका छन् भने निरज थोरले सम्पादन गरेका छन्।

सेबिलले यसअघि पल शह र जेसिका चौधरीलाई लिएर भिडियो निर्माण गरेका थिए।

पूरा भिडियो हेर्नुस् :




Leave a Reply

Your email address will not be published. Required fields are marked *