Manisihaछ दिने भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड हस्तीहरुसँग पनि अन्तर्क्रिया गर्ने भएका छन्। बुधबार मुम्बईमा आयोजना हुने कार्यक्रमको चाजोपाजो भने बलिउड अभिनेत्री मनिषा कोइरालाले गरेकी छन्। दिल्लीस्थि नेपाली राजदूतावासको पहलमा उनले बलिडकर्मीहरुसँग प्रधानमन्त्री ओलीको भेटतालिका बनाएकी हुन्।

भारतीय पत्रिका टाइम्स अफ इन्डियाका अनुसार समारोहमा अभिनेता ज्याकी श्राफ र फिल्म निर्माता सुवास घाई पनि उपस्थित हुनेछन्। कार्यक्रममा बलिउडकर्मीको बाक्लो उपस्थिति रहने बताइएको छ।

बलिउडका अहिलेका चल्तीका अभिनेता अभिनेत्रीहरु आउने नआउनेबारे भने केही खुलाइएको छैन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *