Prety Zinta

केही दिन पहिला डिम्पल गर्लका रुपमा परिचित बलिउड अभिनेत्री प्रिती जिन्टाको विवाहको चर्चाले सामाजिक संजालमा निकै चर्चा पायो। १४ फेब्रुअरीमा प्रितीको अमेरिकी व्याईफ्रेण्ड जेनसँग विवाह हुने चर्चा चलेको थियो। तर, सो चर्चाप्रति प्रितीले भने आपत्ति जनाएको भारतीय संचारमाध्यमले जनाएका छन्। उनले सो चर्चालाई अफवाहको सज्ञा दिएकी थिइन्। तर फेरि अहिले बलिउडमा प्रिती जिन्टाको विवाहको खबरले चर्चा पाएको छ।

संचारमाध्यमका अनुसार प्रितीले आगामी अप्रिलमा विवाह गर्ने तयारीमा छिन्। उनको विवाह दुई धर्म अनुसार सम्पन्न हुने भएको छ। पहिला क्रिश्चियन रितिरिवाज र पछि हिन्दु परम्परा अनुसार उनको विवाह सम्पन्न हुने संचारमाध्यमले उल्लेख गरेका छन्।

प्रिती जिन्टा जो व्यक्तिसँग विवाह गर्न जाँदैछिन्, उनी अमेरिकी निवासी जेन गुडइनफ हुन्। प्रिती र जेनको उमेर दश वर्ष फरक रहेको संचारमाध्यमले उल्लेख गरेका छन्। प्रिती भन्दा उनको हुनेवाला श्रीमान दश वर्ष कान्छा हुन्। प्रिती र जेनको भेटघाट पनि अमेरिकामै भएको हो। दुवै जनाको भेटघाटकै क्रममा प्रेम बसेको हो। जेन फाइनान्सियल एनालिस्टमा काम गर्छन्। संचारमाध्यमका अनुसार विवाहको सम्पुर्ण तयारी पूरा भइसकेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *