सन् २०१६ को सुरुवातसँगै बलिउडका ठूला स्टारहरूको ब्रेकअपका समाचार आउन थालेका छन्। यो वर्ष फिल्मका लागि नभई सम्बन्ध टुट्नुका कारण बलिउड चर्चामा रहने धेरैले अन्दाज लगाइरहेका छन् । फेबु्रअरी १४ नजिकिँदै गर्दा जनवरीको हरेक साता बलिउडमा ब्रेकअपका खबर आए । यसपालि बलिउडका यस्ता सम्बन्ध टुटे, जसको कसैले अनुमान पनि गरेको थिएन । बलिउडमा ‘पर्फेक्ट कपल’का नामले चिनिने जोडी पनि छुट्टिएका समाचार आइरहेका छन् । तर, कुनै पनि सेलिब्रिटी आफ्नो सम्बन्धको सत्य बताइरहेका छैनन् ।

virat-anushka

अनुष्का शर्मा–विराट कोहली

हालै खबर आएको थियो, बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहलीको सम्बन्ध चिसिन लागेको छ । अब विराट र अनुष्का छुट्टिने खबरले उनीहरूका प्रशंसकलाई छक्क पारेको छ । मिडियामा आएका समाचारअनुसार विराट र अनुष्काले इन्स्टाग्राममा एकअर्कालाई अनफलो गर्न थालिसकेका छन् । यो जोडी यस वर्ष बिहे बन्धनमा बाँधिने भन्ने गरिएको थियो । तर, अहिले यो जोडी टुटेको खबरले सबैलाई अचम्ममा पारेको छ । केही वर्षयता यी दुईले डेट गरिरहेका थिए ।

अर्को खबरअनुसार विराटको ‘फ्यान अकाउन्ट’ चलाउने एकजना प्रशंसकले केही समययता विराटको इन्स्टाग्राम अकाउन्टमा प्राविधिक गडबडी भइरहेको खुलासा गरेका छन् । त्यसैले अकाउन्टबाट मानिसहरू अनफलो र ब्लक भइरहेका उनले बताएका छन् । विराट र अनुष्काले भने अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

Malaika-Arbaaz

अरबाज खान-मलाइका अरोडा खान

बलिउडका पर्फेक्ट जोडीमध्ये एक भनिने अरबाज खान र मलाइका अरोडाको बाटो पनि फरक हुने भएको छ । जनवरी महिनाको अन्तिमतिर आएका समाचारअनुसार मलाइका र अरबाज सम्बन्ध विच्छेद गर्दै छन् । एउटा अंग्रेजी वेबसाइटका अनुसार हालै मलाइका अरबाजको बान्द्रास्थित घर छोडर खारस्थित एउटा अपार्टमेन्टमा सरेकी छिन् । तर, मलाइकाका म्यानेजरले यो कुरा अस्वीकार गरेका छन् । अरबाज र मलाइका सँगै रहेको र दुवै आफ्नो सम्बन्धबाट खुशी भएको उनले बताएका छन् ।

Farhan And Adhuna

फरहान अख्तर–अधुना

हालै खबर आएको छ कि फिल्म निर्माता÷निर्देशक र अभिनेता फरहान अख्तर श्रीमती अधुनाबाट छुट्टिएका छन् । फरहान र अधुनाको बिहे भएको १५ वर्ष भइसक्यो । जनवरी २० मा यी दुई छुट्टिने समाचारले उनका प्रशंसकलाई अचम्मा पारेको छ । यो जोडी छुट्टिने कारण चाहिँ अहिलेसम्म बाहिर आएको छैन । तर, खबरअनुसार यी दुईबीच लामो समयदेखि दूरी बढिरहेको थियो । त्यसैले दुवै टाढिएका हुन् । अर्कोतिर यो पनि भनिँदै छ कि आफ्ना को–स्टारसँग नजिकिँदै गएका फरहानका कारण यो सम्बन्ध टुटेको हो ।

ranbir and katrina

रणवीर कपुर- कट्रिना कैफ

बलिउडको लोकप्रिय जोडी भनिने रणवीर कपुर र कट्रिनाको ब्रेकअपको समाचारले सबैलाई छक्क पारेको छ । जनवरी १५ मा आएको खबर अनुसार यो जोडी अलग्गिएको छ । रणवीर र कट्रिना छ महिनायता लिभ–इन–रिलेसनसिपमा थिए । ब्रेकअपपछि रणवीर नयाँ घरमा सरेका छन् । यी दुईले आफ्नो सम्बन्धबारे मिडियासामु मुख खोलेका थिएनन् । हालै फिल्म ‘फितुर’को प्रमोसनका क्रममा कट्रिनालाई रणवीरबारे प्रश्न गर्दा उनले भनेकी थिइन्– ‘मानिसहरूलाई आफ्नो कामसित मतलब हुनुपर्छ । अहिले मसँग ‘फितुर’बारे सोध्नु राम्रो होला ।’ यस्तै एक प्रेस मिटमा रणवीरसँगको सम्बन्धमा आएको दूरीबारे सोध्दा उनले हैरान पार्ने जबाफ दिइन्, ‘रणवीरसँग न मेरो ब्रेकअप भएको छ, न म उनीसँग रिलेसनमा थिएँ ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *