थारू समाचार

एमालेले समानुपातिकतर्फ प्रतिनिधिसभामा ७ र प्रदेशसभामा १४ जना थारूको नाम पठाउने

नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवारको नाम तयार पारेको छ।

थारुवान संबाददाता

कैलालीको भजनी नगरपालिका-८ की रुपा चौधरीको परिवार बाढीबाट विस्थापित भएर नजिकैको कृष्णधोज चन्द मावि विद्यालयमा बस्दै आएका छन्।

थारुवान संबाददाता

अभनेत्री रेखा थापाले जितिया पर्व मनाएकी छन्। राप्रपाकी नेतृसमेत रहेकी थापाले आफ्नो निर्वाचन क्षेत्र मोरङ ३ का थारु महिलाहरुसँग जितिया मनाएकी हुन्। थाप उक्त क्षेत्रमा राप्रपाबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने तयारीमा छिन्।

थारुवान संबाददाता

परिचय जितिया पर्व थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउँछन् । महिलाहरु संगसंगै पुरुषहरु पनि सक्रिय हुनुपर्ने भएकोले यस पर्वलाई महिलाहरुको मात्र नभई महिला–पुरुष सबैको साझा पर्व भन्न सकिन्छ ।

कारी महतो

थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ। सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ। यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन्। पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), अष्टमीको दिनलाई...

थारूवान

जितियाका अवसरमा नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का चारवटा पालिकामा आज सार्वजनिक बिदा हुने भएको छ।मध्यविन्दु, कावासोती र देवचुली नगरपालिका सहित विनयी त्रिवेणी गाउँपालिकामा बिदा दिइने भएको हो।

थारुवान संबाददाता

थारू कल्याणकारिणी सभा (थारू)ले टीकापुर घटना सम्बन्धी मुद्दाको खारेजी प्रक्रिया अगाडि बढाउने मन्त्रिपरिषद्को निर्णयलाई स्वागत गरेको छ। सभाका सभापति धनिराम चौधरीले शनिबार विज्ञप्ति जारी गर्दै धन्यावाद ज्ञापनसमेत गरेका छन्।

थारुवान संबाददाता

सुदूरपश्चिममा भइरहेको अविरल वर्षाका कारण विभिन्न नदीमा आएको बाढीले कैलालीको भजनी नगरपालिकामा साढे ६ सय घर डुबानमा परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार भजनी नगरपालिकाको वडा ५, ७, ८ मा विभिन्न गाउँका करिब ६६० घर डुबानमा परेका हुन्।

थारुवान संबाददाता

लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले सरकारले टीकापुर घटनाका आरोपीहरुलाई रिहाइ गर्ने नाममा नयाँ सौदाबाजी गरेको आरोप लगाएका छन्। संसदको अन्तिम बैठकमा उनले रेशम चौधरीलाई सचेत रहन आग्रहसमेत गरे।

थारुवान संबाददाता

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले फास्ट ट्र्याकबाट संविधान ल्याइनु गलत भएको बताएका छन्। उनले दुनियाँमा कहीँ पनि फास्ट ट्र्याकबाट संविधान नबन्ने गरेको बताए। ‘दुनियाँमा कहीँ पनि फास्ट ट्र्याकबाट संविधान आउँदैन। संविधान आउनुअघि धेरै विषयमा बृहत् छलफल हुनुपर्थ्यो, त्यो भएन,’ उनले भने।

थारुवान संबाददाता
1 78 79 80 81 82 153