रेशमलाई सचेत रहन आग्रह गर्दै राजेन्द्र महतोले भने- टीकापुर घटनामा सरकारले फेरि सौदाबाजी गर्‍यो

लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले सरकारले टीकापुर घटनाका आरोपीहरुलाई रिहाइ गर्ने नाममा नयाँ सौदाबाजी गरेको आरोप लगाएका छन्। संसदको अन्तिम बैठकमा उनले रेशम चौधरीलाई सचेत रहन आग्रहसमेत गरे।

‘गठबन्धनलाई पनि कैलाली, कञ्चनपुरमा उम्मेदवारी पाउन अफ्ठ्यारो पर्‍यो। अनि सौदाबाजी गर्‍यो। यो न्याय दिएको होइन, सौदाबाजी गरेको हो,’ उनले भने, ‘रेशम चौधरीलाई भन्न चाहन्छु, सतर्क रहनुहोला। फेरि षड्यन्त्र होला। बिना रिहाइको सम्झौता के होला नहोला होस् गर्नुहोस्।’

उनले बल्ल बल्ल शपथ ग्रहण गराए पनि संसदमा उपस्थित गराउन नपाएकोमा दुःख व्यक्त गरे। ‘नश्लवादी चिन्तन भएका सरकार र सत्ताधारीहरू। म पाँच वर्षदेखि रोष्टममा कराइरहेँ। निर्वाचित सांसद रेशम चौधरीलाई संसदमा ल्याउँ। त्यो नक्कली मुद्दा, झुठा आरोप लगाइएको मुद्दामा जेलमा हालेर हुन्छ? भनेको भन्यै गरेँ। कराको करायै गरेँ, तर ल्याइएन,’ उनले भने, ‘आज संसद अन्त भइरहेको छ। अनि हिजो सरकारले निर्णय गर्छ, टीकापुर घटनाका रेशम चौधरीलगायतलाई रिहाइ गर्ने रे। अनि संसद चलेको बेला तिमीहरुले रिहाइ नगर्ने। अहिले रिहाइ? अहिले राजनीतिक मुद्दा भयो। त्यतिबेला चाहिँ के थियो?
यसअघि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि रेशम चौधरीको रिहाइ गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे।

यो पनि पढ्नुस्:

रेशम चौधरीको प्रश्न- किन खुल्दैन त्यो फाइल?




Leave a Reply

Your email address will not be published. Required fields are marked *