सरकारको निर्णयलाई थाकसले गर्‍यो स्वागत, धनिराम चौधरीले निकाले पाँच बुँदे विज्ञप्ति

थारू कल्याणकारिणी सभा (थारू)ले टीकापुर घटना सम्बन्धी मुद्दाको खारेजी प्रक्रिया अगाडि बढाउने मन्त्रिपरिषद्को निर्णयलाई स्वागत गरेको छ। सभाका सभापति धनिराम चौधरीले शनिबार विज्ञप्ति जारी गर्दै धन्यावाद ज्ञापनसमेत गरेका छन्।

‘राजनीतिक निर्णय गरी प्रशासनिक एवं अर्धन्यायिक प्रकृतिका बाँकी काम र मुद्दाहरूको हकमा तत्काल ततत् निकायनबाट प्रक्रिया पूरा गरी गराई यथाशिघ्र फर्छ्यौट गर्ने गराउने र कानुनी रिक्तता वा अड्चनका कारण सम्झौताका कार्यान्वयन हुन बाँकी विषयहरुका सम्बन्धमा आवश्यक कानुनी प्रबन्ध र संशोधन प्रक्रिया अगाडि सम्झौता कार्यान्वयन गर्ने भनी मिति २०७९ भदौ २७ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सकारात्मक एवं स्वागतयोग् छ,’ विज्ञप्तिमा भनिएको छ।

सभाले तत्कालीन केपी ओली नेतृत्वको सरकार, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल, प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणलगायतलाई धन्यवाद ज्ञापन गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *