थारू समाचार

जितियामा नवलपरासीदेखि सुनसरीसम्मका पालिकामा सार्वजनिक बिदा

जितियाका अवसरमा नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का चारवटा पालिकामा आज सार्वजनिक बिदा हुने भएको छ।मध्यविन्दु, कावासोती र देवचुली नगरपालिका सहित विनयी त्रिवेणी गाउँपालिकामा बिदा दिइने भएको हो।

थारुवान संबाददाता

थारू कल्याणकारिणी सभा (थारू)ले टीकापुर घटना सम्बन्धी मुद्दाको खारेजी प्रक्रिया अगाडि बढाउने मन्त्रिपरिषद्को निर्णयलाई स्वागत गरेको छ। सभाका सभापति धनिराम चौधरीले शनिबार विज्ञप्ति जारी गर्दै धन्यावाद ज्ञापनसमेत गरेका छन्।

थारुवान संबाददाता

सुदूरपश्चिममा भइरहेको अविरल वर्षाका कारण विभिन्न नदीमा आएको बाढीले कैलालीको भजनी नगरपालिकामा साढे ६ सय घर डुबानमा परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार भजनी नगरपालिकाको वडा ५, ७, ८ मा विभिन्न गाउँका करिब ६६० घर डुबानमा परेका हुन्।

थारुवान संबाददाता

लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले सरकारले टीकापुर घटनाका आरोपीहरुलाई रिहाइ गर्ने नाममा नयाँ सौदाबाजी गरेको आरोप लगाएका छन्। संसदको अन्तिम बैठकमा उनले रेशम चौधरीलाई सचेत रहन आग्रहसमेत गरे।

थारुवान संबाददाता

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले फास्ट ट्र्याकबाट संविधान ल्याइनु गलत भएको बताएका छन्। उनले दुनियाँमा कहीँ पनि फास्ट ट्र्याकबाट संविधान नबन्ने गरेको बताए। ‘दुनियाँमा कहीँ पनि फास्ट ट्र्याकबाट संविधान आउँदैन। संविधान आउनुअघि धेरै विषयमा बृहत् छलफल हुनुपर्थ्यो, त्यो भएन,’ उनले भने।

थारुवान संबाददाता

कैलालीमा लगातारको अविरल वर्षापछि आएको बाढीले करिब १ हजार बढी घर डुबानमा परेका छन्। जिल्लाको भजनी नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिका, धनगढी उपमहानगरपालिकाका बस्तीहरु डुबानमा परेका हुन्।

थारुवान संबाददाता

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताको नामावली स्वीकृत गरेको छ।

थारुवान संबाददाता

राष्ट्रिय थारू कलाकार मञ्चका अध्यक्ष विनय वैद्य माओवादी केन्द्रमा प्रवेश गरेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार वैद्यसहितलाई पार्टी प्रवेश गराएका हुन्।

थारुवान संबाददाता

थारूहरूको माग मुद्दा सम्बोधन गर्ने मन्त्रिपरिषद्को निर्णय गृह मन्त्रालयले वार्ता कमिटीलाई परिपत्र गरेको छ। गृह मन्त्रालयले थरुहट थारुवान संयुक्त संघर्ष समितिको तर्फबाट बनेको वार्ता कमिटीका संयोजक रुक्मिणी चौधरी परपत्र गरेको हो।

थारुवान संबाददाता

सरकारले टीकापुर घटनासम्बन्धी मुद्दाको खारेजी प्रकिया अगाडि बढाउने निर्णय गरेको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सो घटना सम्बन्धमा मुद्दा खारेजीका लागि आवश्यक कानुनी जटिलता संशोधन गरेर यथाशिघ्र फर्स्यौट गर्न गृह मन्त्रालयलाई निर्देशनसमेत दिएको छ।

थारुवान संबाददाता
1 77 78 79 80 81 151