थारू कलाकार मञ्चका अध्यक्ष विनय वैद्य माओवादीमा प्रवेश

राष्ट्रिय थारू कलाकार मञ्चका अध्यक्ष विनय वैद्य माओवादी केन्द्रमा प्रवेश गरेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार वैद्यसहितलाई पार्टी प्रवेश गराएका हुन्।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) की सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक दुर्गा विक, नेकपा(एस) काठमाडौं-कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष विनय चौधरी पनि माओवादी प्रवेश गरेका छन्।

त्यस्तै, नेकपा एमालेका नेताहरू विक्रम राना, विनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावत पनि माओवादीमा प्रवेश गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *