निर्वाचनका लागि करिब एक करोड ८० लाख मतदाताको नामावली स्वीकृत

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताको नामावली स्वीकृत गरेको छ। आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ८८ लाख ४७ हजार ५७९ महिला र ९१ लाख ४० हजार ८०६ जना पुरुषको नामावली स्वीकृत गरेको हो।

त्यस्तै आयोगले १० हजार ८९१ मतदानस्थलअन्तर्गत २२ हजार २२६ मतदान केन्द्र रहनेगरी मतदान केन्द्र स्वीकृत गरेको हो।
आयोगका अनुसार सबैभन्दा बढी मतदता मोरङमा रहेका छन्। मोरङमा ७ लाख ३५ हजार ५२५ मतदाता रहेका छन्। त्यसपछि झापामा ६ लाख ६३ हजार ३३१ र काठमाडौंमा ६ लाख ५२ हजार १२६ मतदाता रहेका छन्।

त्यस्तै सबैभन्दा कम मतदाता रहेको जिल्ला मनाङमा ६ हजार ७७९ मतदाता रहेका छन् भने मुस्ताङमा १० हजार ९५७ र डोल्पामा २२ ह जार ७७४ मतदाता रहेका छन्।

त्यस्तै प्रदेशको हकमा सबैभन्दा बढी मतदाता बागमीत प्रदेशमा ३४ लाख ७१ हजार ४९२, प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ र मधेस प्रदेशमा ३३ लाख ८६ हजार ६२८ मतदाता रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा १० लाख ८ हजार ४०३ मतादाता रहेका छन्।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदता नामावलीमा प्रकाशित मतादातको विवरणलाई सही र त्रुटिरहित बनाउने प्रयास गरिएको बताए। अन्तिम नामावली निर्वाचन आयोगको वेवसाइटमा उपलब्ध गराइएको उनले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *