थारू समाचार

मुक्तकमैया थारुहरु भन्छन्- हामीलाई सधैँ भोट बैंकमात्रै बनाए

कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ मा मुक्त कमैया, मुक्तहलिया तथा सार्वजनिक जग्गामा टहरा बनाएर जीविका चलाउँदै आएका अन्य क्षेत्रको भन्दा बढी छन्। दुई दर्जनभन्दा बढी शिविर रहेको निर्वाचन क्षेत्रमा बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिका पर्छन्।

थारुवान संबाददाता

थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीको दुःखद अवसान भएको छ। गत ३ वैशाखमा धनगढीको मिलनचौकमा उनी दुर्घटनामा परेका थिए। तरकारी किन्न हिँडेका सभापति चौधरीलाई मोटसाइकलले ठक्कर दिएको थियो। उनलाई तत्कालै मायामेत्रो अस्पताल पुर्यााइएको थियो। गम्भीर चोटका कारण आइसियुमा भर्ना भएका उनको मंगलबार निधन भएको थाकस कैलालीका उपसभापति माधव...

थारुवान संबाददाता

बारा : बारागढी गाउँपालिकाका प्रवक्ता अच्छेलाल महराले चुनाव नजिकिदै गर्दा गाउँपालिकालाई बदनाम गर्ने समाचारहरू प्रकाशन हुन थालेको बताएका छन्।

नागेन्द्र चौधरी

रेशम चौधरी नेतृत्वको नागरकि उन्मुक्ति पार्टीले दाङको घोराही उपमहानगरपालिकामा उम्मेदवार सिफारिस गरेको छ। पार्टीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश कमिटी अध्यक्ष कनैलाल चौधरीका अनुसार घोराही उपमहानगरको मेयरका लागि फहरुकुमार चौधरी र श्रीशरण चौधरीको नाम सिफारिस भएको छ।

थारुवान संबाददाता

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटबीच चुनावी तालमेल गर्ने तयारी भएको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दुवै दलले तराईका धेरै जिल्लामा चुनावी मैदानमा उत्रिँदैछन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसबाट विराटनगर महानगरपालिकाको उपमेयरमा थारु समुदायाबाट दुई जनाको नाम सिफारिस भएको छ। पार्टीको विराटनगर समिति सभापति दीपक चपागाईंले मेयरका लागि ७ र उपमेयरका लागि १२ जनाको नाम पार्टी केन्द्रीय समितिसमक्ष शनिबार सिफारिस गरेको हो।

थारुवान संबाददता

जेल जीवन बिताइरहेका प्रतिनिधिसभाका सांसद रेशम चौधरीको पार्टीले कैलालीको सबै पालिकामा उम्मेदवारी दिने भएको छ। चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीका १३ वटै स्थानीय तहमा उम्मेदवारी दिने तयारी गरेका हुन्।

थारुवान संबाददाता

आसन्न स्थानीय तहको निर्वाचनमा कैलालीमा थारु नेताहरुले नेतृत्व गरेका चार दलले छुट्टै गठबन्धन बनाउने सहमति गरेका छन्। सत्तारुढ पाँच दलीय गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउँदै थारु केन्द्रीत दलहरुसँग तालमेल गर्ने सहमति गरेको हो।

थारुवान संबाददाता

स्थानीय चुनाव नजिकिदै गर्दा रेशम चौधरीले नेतृत्व गरेको पार्टी ‘नागरिक उन्मुक्ति पार्टी’मा विभिन्न दल परित्याग गरी प्रवेश गर्नेको संख्या बढ्न थालेको छ। बुधबार ३० जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्।

थारुवान संबाददाता

नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। प्रहरीको बढुवा सिफारिस समितिको बसेको बैठकले एसएसपी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र साउद अलाम खाँलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो।

थारुवान संबाददाता