थारू समाचार

सांसदबाट राजीनामा दिएर दीपेश थारुले दिए राजापुरमा उम्मेदवारी

नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेशका सांसद दीपेश थारुले राजीनामा दिएका छन्। उनले बर्दियाको राजापुर नगरपालिकामा मेयरका उम्मेदवारका लागि राजीनामा दिएका हुन्। ‘माओवादीको तर्फबाट मेयर लड्न मैले राजीनामा दिएको हुँ। अब राजपुरको प्रमुख भएर यहाँको विकासका निम्ति खट्छु,’ उनले भने।

थारुवान संबाददाता

रेशम चौधरीको पार्टी नागरिक उन्मुक्त पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। आसन्न स्थानीय निर्वाचनमा कैलालीसहित पश्चिम तराईका जिल्लामा उम्मेदवारी दिएका रेशम चौधरीको पार्टीले स्वरोजगार अभियानलाई आत्मसात गरेका छन्।

थारुवान संबाददाता

कैलालीको कैलारी गाउँपालिका-७ बिपतपुर मुक्तकमैया शिविरमा आइतबार भीषण आगलागी भयो। आगो झण्डै ४ घण्टापछि नियन्त्रणमा आयो। आइतबार दिउँसो साढे १ बजेदेखि सुरू भएको आगलागी साँझ साढे ४ बजे मात्रै नियन्त्रणमा आएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

लखन चौधरी

नेपाली कांग्रेसले बारा जिल्लाका सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ। आइतबार राति अबेरसम्म जनकपुरमा बसेको स्थानीय तह, जिल्ला र प्रदेश कमिटीको बैठकले उम्मेदवारको ‍टुंगो लगाएको हो।

थारुवान संबाददाता

जनता समाजवादी पार्टी (जसपा) बर्दियाका जिल्ला अध्यक्ष मोहन चौधरीले पार्टी परित्याग गरेका छन्। सामाजिक सञ्जालमार्फत् उनले पार्टी परित्यागको घोषणा गरेका हुन्। हालः स्वतन्त्र बस्ने बताए पनि उनको स्टाटसले उनी रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा आबद्ध हुने बताइएको छ।

थारुवान संबाददाता

नेकपा एमालेले घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीलाई दोहोर्‍याउने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा शनिबार साँझ बसेको सचिवालय बैठकले नरुलाललाई दोहोर्‍याउने निर्णय गरेको हो। त्यस्तै तुलसीपुरको उपमेयरमा थारु उम्मेदवार चयन गरेको छ। एमालेले स्यानी चौधरीलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ। त्यस्तै इटहरी उपमहानगरपालिकामा पनि उपमेयरको उम्मेदवार...

थारुवान संबाददाता

दुई दसक बढी पत्रकारितामा सक्रिय रहेका कैलाली टीकापुरका गणेश चौधरी राजनीतिमा होम्मिने भएका छन्। उनले टीकापुरसँगै रहेको जानकी गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिँदैछन्। उनले रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिन लागेका हुन्।

मदन चौधरी

जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी (कुन्दन)ले माओवादी केन्द्रमा फर्किँदै पार्टीलाई २०६४ सालको स्थितिमा ल्याउने बताएका छन । माओवादीमा पुनः फर्केको घोषणा गर्दै उनले बाबुराम भट्टराई नेतृत्वको पार्टीलाई परित्याग गरी माओवादी केन्द्रलाई एक बनाउन फर्केको बताएका हुन ।

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेलमा रहेका रेशम चौधरीको सम्बन्धमा सरकासँग ‘सिरियस’ कुरा गर्न लागेको दाबी गरेका छन्। कैलालीको मसुरियामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले भोलि (शुक्रबार) रेशम चौधरीबारे सरकारसँग गम्भीर छलफल गर्न लागेको बताए।

थारुवान संबाददाता

नेपाली कांग्रेस कञ्चनपुरका सहसचिव पुस्कल चौधरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्। उनी बेलौरी नगरपालिका-२ को वडा कार्यसमिति सचिव हरिराम जोशीसहित माओवादी प्रवेश गरेका हुन्। कैलालीको गौरीगंगा नगरपालिकामा बिहीबार आयोजित कार्यक्रममा सहसचिव चौधरीले कांग्रेस परित्याग गर्दै माओवादी प्रवेश गरेका हुन्।

थारुवान संबाददाता