घोराहीमा नरुलाल चौधरीलाई दोहोर्‍याउने एमाले निर्णय, धनगढी, तुलसीपुर र इटहरीको उपप्रमुखमा थारु महिला

नेकपा एमालेले घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीलाई दोहोर्‍याउने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा शनिबार साँझ बसेको सचिवालय बैठकले नरुलाललाई दोहोर्‍याउने निर्णय गरेको हो।

त्यस्तै तुलसीपुरको उपमेयरमा थारु उम्मेदवार चयन गरेको छ। एमालेले स्यानी चौधरीलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ। त्यस्तै इटहरी उपमहानगरपालिकामा पनि उपमेयरको उम्मेदवार थारु महिलाले पाएकी छन्। एमालेलै संगीता चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

त्यस्तै धनगढी उपमहानगरपालाका राना थारु समुदायकी कन्दकला राना थारुलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रचार प्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

उपमहानगरपालिका

धनगढी : प्रमुख रणबहादुर चन्द, उपप्रमुख कन्दकला राना थारु
नेपालगञ्ज : प्रमुख पशुपतिदयाल मिश्र, उपप्रमुख शान्तिदेवी ढकाल
तुलसीपुर : प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी
घोराही : प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा कुमारी डिसी
बुटवल : प्रमुख बाबुराम खड्का, उपप्रमुख साबित्रादेवी अर्याल
हेटौंडा : अनन्त पौडेल, उपप्रमुख सुमित्रा काफ्ले
धरान : प्रमुख मञ्जु भण्डारी, उपमेयर पदम लिम्ब
इटहरी : प्रमुख यमकुमार सुब्बा, उपमेयर संगिता चौधरी
कलैया : विनोद साह




Leave a Reply

Your email address will not be published. Required fields are marked *