बर्दिया जिल्ला अध्यक्ष मोहन चौधरीले छाडे जसपा

जनता समाजवादी पार्टी (जसपा) बर्दियाका जिल्ला अध्यक्ष मोहन चौधरीले पार्टी परित्याग गरेका छन्। सामाजिक सञ्जालमार्फत् उनले पार्टी परित्यागको घोषणा गरेका हुन्। हालः स्वतन्त्र बस्ने बताए पनि उनको स्टाटसले उनी रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा आबद्ध हुने बताइएको छ।

‘नेकपाको ४२ महिनाको पूर्ण बहुमतको सत्ता र हाल गठबन्धनको सत्ताले समेत अपार जनमत प्राप्त हुँदाहुँदै पनि माननीय रेशम चौधरीलाई न्याय दिनुको साटो नैतिकहीन भएर हालसम्म जेलमा कैद गरेर राखेका छन् । त्यसैले, थारू समुदायसँग भोट माग्न आफू नैतिक रुपले सत्तासीन कुनै पनि पार्टीको लागि पुनः मात्र सत्ताको लागि भोट माग्ने अवस्था छैन,’ उनले भनेका छन्।

उनले आफ्नो लागि सत्ताभन्दा न्याय, समानता र स्वाभिमानको मुद्दा प्रधान भएको उल्लेख गरेका छन्। त्यसकारण औपचारिकरुपमा आफू आबद्ध जसपा नेपाल पार्टीको सबै जिम्मेवारीबाट विदा लिएको उनले बताए। आफूलाई पार्टीको जिम्मेवारी बहन गर्न हालसम्म साथ र सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गर्दै वर्तमानमा एक सचेत र स्वतन्त्र नागरिकको हैसियतमा समाजसेवामा लागि रहने चौधरीले जानकारी गराएका छन्। बर्दियाको ठाकुरद्वारास्थित ‘थारू होम’ होटलका सञ्चालक मोहन चौधरी नयाँ शक्ति हुँदै जसपामा आबद्ध भएका थिए। जसपाका सुदूरपश्चि प्रदेशका संयोजक कृष्णकुमार चौधरी कुन्दनले पार्टी परित्याग गर्दै माओवादीमा प्रवेश गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *