बाराको कोल्हबी, करैयामाई र बारागढीमा कांग्रेसले दियो थारु उम्मेदवारलाई टिकेट

नेपाली कांग्रेसले बारा जिल्लाका सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ। आइतबार राति अबेरसम्म जनकपुरमा बसेको स्थानीय तह, जिल्ला र प्रदेश कमिटीको बैठकले उम्मेदवारको ‍टुंगो लगाएको हो।

दुई उपमहानगरपालिकासहित १६ पालिका रहेको बारामा ३ पालिकाको प्रमुखमा थारु उम्मेदवारलाई टिकेट दिएका हुन्। कांग्रेसले कोल्हबी नगरपालिकामा रामप्रसाद चौधरी, करैयामाई गाउँपालिकामा भुनेश्वर धामी र बारागढी गाउँपालिकामा देवदत बछार थारुलाई उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवले बताए।

यीमध्ये भुनेश्वर र देवदत बछार अघिल्लो निर्वाचनबाट विजयीसमेत भएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *