कैलालीमा थारु केन्द्रीत चार दलले गठबन्धन गर्ने

आसन्न स्थानीय तहको निर्वाचनमा कैलालीमा थारु नेताहरुले नेतृत्व गरेका चार दलले छुट्टै गठबन्धन बनाउने सहमति गरेका छन्। सत्तारुढ पाँच दलीय गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउँदै थारु केन्द्रीत दलहरुसँग तालमेल गर्ने सहमति गरेको हो।

जनता समाजवादी पार्टीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग गठबन्धन गरेर चुनावी तालमेल गर्ने भएको छ।

शनिबार धनगढीमा संयुक्त पत्रकार सम्मेलन गर्दै चारवटै पार्टीले चुनावी तालमेल गर्ने सहमति भएको जनाएका छन्। उनीहरुले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा आवश्यकता अनुसार अरु दलहरुसँग पनि गठबन्धन गरेर जाने सहमति भएको उल्लेख गरिएको छ।




One thought on “कैलालीमा थारु केन्द्रीत चार दलले गठबन्धन गर्ने

  1. सबै दलसँग गठबन्धन गर्ने भए पार्टी अलगअलग नखोली एउटै पार्टी खोल्दा उचित होला कि

Leave a Reply

Your email address will not be published. Required fields are marked *