थरुहट आन्दोलनका एक योद्धाको दुःखद अवसान

थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीको दुःखद अवसान भएको छ। गत ३ वैशाखमा धनगढीको मिलनचौकमा उनी दुर्घटनामा परेका थिए। तरकारी किन्न हिँडेका सभापति चौधरीलाई मोटसाइकलले ठक्कर दिएको थियो। उनलाई तत्कालै मायामेत्रो अस्पताल पुर्यााइएको थियो। गम्भीर चोटका कारण आइसियुमा भर्ना भएका उनको मंगलबार निधन भएको थाकस कैलालीका उपसभापति माधव चौधरीले जानकारी दिएका छन्।

थरुहट आन्दोलनका योद्धा थिए लाहुराम
लाहुराम चौधरी थरुहट आन्दोलनका अगुवासमेत थिए। थाकस कैलालीको नेतृत्व गरिरहँदा उनले नेपालका भएका विभिन्न थारु आन्दोलनमा अग्रनि भूमिका निर्वाह गरेका थिए। विसं २०७२ सालको आन्दोलनमा उनले जिल्ला संयोजक भएर आन्दोलन हाँकेका थिए।

सोही आन्दोलनको क्रममा ७ भदौमा टीकापुर घटना घटेको थियो। टीकापुर घटनाका बेला उनी कैलालीका सिडिओहरुसँग सर्वपक्षीय छलफलमा थिए। आन्दोलनलाई निष्पक्षरुपमा अगाडि बढाउन उनी निरन्तर प्रहरी प्रशासनको सम्पर्क र समन्वयमा बसेका थिए।

तर टीकापुर घटनापछि उनी आफैँ पनि दोषी बन्न बाध्य भए। प्रहरी उनलाई पक्राउ गर्योा। उनी पुर्पक्षका लागि कारागारमा बसे। ४२ महिनापछि बल्ला उनी निर्दोष ठहरिए। उनी कारागारमा रहँदा थाकस कैलालीको अधिवेशन सम्पन्न भएको थियो। कैलालीका अगुवाहरुले उनको सम्मानमा कैलाली सभापतिमा सर्वसम्मत उनलाई सभापतिको जिम्मेवारी तोकेको थियो।

४२ महिनापछि बाहिर रहँदा पनि उनले थारु माग मुद्दाको लागि सधैं सक्रिय भइरहे। कैलाली घटना सम्बन्धमा भएका बहस होस् या अधिकार लागि भएका भेला किन नहोस् उनी सधैं अग्रपंक्तिमा रहेर बहस गर्न तयार हुन्थे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *