घोराही उपमहानगरपालिकामा पनि रेशम चौधरी नेतृत्को पार्टीले उम्मेदवार उठाउँदै

रेशम चौधरी नेतृत्वको नागरकि उन्मुक्ति पार्टीले दाङको घोराही उपमहानगरपालिकामा उम्मेदवार सिफारिस गरेको छ। पार्टीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश कमिटी अध्यक्ष कनैलाल चौधरीका अनुसार घोराही उपमहानगरको मेयरका लागि फहरुकुमार चौधरी र श्रीशरण चौधरीको नाम सिफारिस भएको छ। त्यस्तै, उपमेयरमा शान्ता चौधरीको नाम सिफारिश गरिएको उनले बताए।

त्यस्तै घोराही उपमहानगरका वडा ८ को अध्यक्षमा गुरु चौधरी र हिन्कलाल चौधरी तथा शान्तिनगर गाउँपालिका-५ को वडाध्यक्षमा कुमार चौधरीको नाम सिफारिश गरिएको छ। जित्ने वडामा मात्रै वडाध्यक्षको उम्मेदवार तय गरिएको अध्यक्ष चौधरीले बताए।

नागरिक उन्मुक्ति पार्टीले केही साताअघि मात्रै दाङमा संगठन बनाएको थियो। अहिले चुनावी अभियानसँग गाउँ गाउँमा संगठन विस्तार भइरहेको अध्यक्ष चौधरीले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *