थारू समाचार

दुई महिनादेखि महिला वनमै क्षेत्रमा अलपत्र छिन् उमा चौधरी

शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरस्थित बसन्त सामुदायिक वन क्षेत्रमा २ महिनादेखि २८ वर्षीय उमा चौधरी झोपडी बनाएर बस्दै आएकी छन्। सालको पातको झोपडी बनाई चौधरी वन क्षेत्रमा एक्लै बस्दै आएकी हुन्।

थारुवान संबाददाता

थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनाका राजबन्दी थारुहरुको तत्काल रिहाइ गर्नुपर्ने माग फेरि अघि सारेको छ। मोर्चाले बिहीबार कैलालीको टीकापुरमा विचार गोष्ठी आयोजना गर्दै रिहाइ माग गरेको हो।

थारुवान संबाददाता

सशस्त्र प्रहरीले आज बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणमातहतको बीओपीबाट खटिएको गस्ती टोलीले कैलारी गाउँपालिका-५, छोटीपलियाबाट कैलारी-३ का लौटन चौधरी, सोही ठाउँका नीरेन्द्र चौधरी र सन्तराम चौधरीलाई एकथान दुईनाले बाह्रबोरको बन्दुकसहित

थारुवान संबाददाता

झापाको अर्जुनधारा नगरपालिका-५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ । केही महिना अघिदेखि शारीरिकरुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो ।

थारुवान संबाददाता

दाङमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। राही-धारापानी सडकखण्डमा मंगलबार मोटरसाइकलको ठक्करबाट घोराही-१५ का १८ वर्षीय अजय चौधरीको मृत्यु भएको हो।

थारुवान संबाददाता

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समिति अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ सर्वाधिक मतले विजयी भएका छन्। सोमबार भएको मतदानमा उनी अध्यक्षका अर्का प्रत्यासी उम्मेदवार सुदूरपश्चिम सरकारका वन वातावरण तथा पर्यटन मन्त्री मानबहादुर धामीलाई पराजित गर्दै विजयी भएका हुन्।

लखन चौधरी

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको पदाधिकारी टुंग्याउन आज चुनावी प्रक्रिया सुरु भएको छ। प्रदेश सम्मेलन उद्घाटन भएको झण्डै ३ महिनापछि आज ९ जना पदाधिकारी टुंग्याउन धनगढीमा मतदान सुरु भएको निर्वाचन अधिकृत केदारचन्द्र भट्टले जानकारी दिए।

थारुवान संबाददाता

थरुहट थारुवान राष्ट्रिय मोर्चाले बृहत् विचार गोष्ठी आयोजना गर्ने भएको छ। टीकापुर राजबन्दी रिहाई र थरुहट मुद्दा विषयमा विचार गोष्ठी आयोजना गरिने बताइएको छ। मोर्चाको केन्द्रीय संयोजन समितिका अनुसार फागुन १९ गते कैलालीमा, २० गते बर्दियामा, २१ गते दाङमा र २२ गते नवलपरासीमा बृहत् छलफल हुनेछ।

थारुवान संबाददाता

नेपाली कांग्रेस बाँकेको १४औं जिल्ला अधिवेशन अन्तर्गत शुक्रबार बाँकेको सभापतिका लागि चार जनाले उम्मेदवारी दिएका छन्। नारायणप्रसाद गौडेल, सुरेन्द्रबहादुर हमाल, बादशाह कुर्मी र सुनिलनरसिंह राणाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन्।

थारुवान संबाददाता

थारु लेखक संघ नेपालले गायक एवं कलाकार दोषहरण चौधरीलाई थारु साहित्य पुरस्कारबाट सम्मान गरेको छ। थारु भाषा, साहित्य, सँस्कृति र संगीत क्षेत्रमा पुर्‍याएको योगदानबापत गायक चौधरीलाई १५ हजार ५५५ रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको हो। कञ्चनपुरमा आयोजित छैटौं राष्ट्रिय थारु साहित्य सम्मेलनमा उनलाई यो पुरस्कार वितरण गरिएको थियो।

थारुवान संबाददाता