थरुहट थारुवान मोर्चाले चार जिल्लामा बृहत् भेला गर्दै

थरुहट थारुवान राष्ट्रिय मोर्चाले बृहत् विचार गोष्ठी आयोजना गर्ने भएको छ। टीकापुर राजबन्दी रिहाई र थरुहट मुद्दा विषयमा विचार गोष्ठी आयोजना गरिने बताइएको छ। मोर्चाको केन्द्रीय संयोजन समितिका अनुसार फागुन १९ गते कैलालीमा, २० गते बर्दियामा, २१ गते दाङमा र २२ गते नवलपरासीमा बृहत् छलफल हुनेछ।

थरुहट माग मुद्दाका लागि मोर्चाले पटक-पटक कार्यक्रम आयोजना गरे पनि अहिलेसम्म प्रभावकारी देखिएको छैन। नेतृत्वकर्ताहरुबीच आएको फुटका कारण पनि कार्यक्रमहरु प्रभावकारी हुन नसकेको मोर्चाका नेताहरु बताउँछन्।

पछिल्लो समय मोर्चाका नेताहरु स्थानीय निर्वाचन केन्द्रीत रहेर नेपाल लोकतान्त्रिक पार्टीको अभियानमा लागेका छन् भने केही नेताहरु रेशम चौधरीको पार्टी भनिएको नागरिक उन्मुक्ति पार्टीमा लागेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *