थारुहरुले ‘टीकापुर घटना’ बिर्सिँदै गएको मोर्चाका नेताहरुको आरोप

थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनाका राजबन्दी थारुहरुको तत्काल रिहाइ गर्नुपर्ने माग फेरि अघि सारेको छ। मोर्चाले बिहीबार कैलालीको टीकापुरमा विचार गोष्ठी आयोजना गर्दै रिहाइ माग गरेको हो।

मोर्चाका नेताहरुले टीकापुर घटनाबारे सबै जना बिर्सिँदै गएको आरोप लगाए। उनीहरुले थारु समुदायको अधिकारका निम्ति लडिएको लडाइँ भएकाले यति छिट्टै नबिर्सि आग्रह गरेका थिए। नेताहरुले टीकापुर घटना बिर्सिँदा जन्मकैद पाएका थारुहरु झन् मारमा पर्ने बताएका थिए। त्यही भएर थारुहरु एकीकृत भएर यो मुद्दामा गम्भीर हुन आग्रह गरेका थिए।

मोर्चाले बर्दिया, दाङ र नवलपुरमा पनि विचार गोष्ठी आयोजना गर्दैछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *