कैलालीका लौटन चौधरीसहित तीन जना पक्राउ

सशस्त्र प्रहरीले आज बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणमातहतको बीओपीबाट खटिएको गस्ती टोलीले कैलारी गाउँपालिका-५, छोटीपलियाबाट कैलारी-३ का लौटन चौधरी, सोही ठाउँका नीरेन्द्र चौधरी र सन्तराम चौधरीलाई एकथान दुईनाले बाह्रबोरको बन्दुकसहित पक्राउ गरेको प्रहरी उपरीक्षक धनबहादुर सिंहले जानकारी दिए।
गुडिरहेको से२प ८९२ नम्बरको बजाजको डिस्कोभर मोटरसाइकल रोकी जाँच गर्दा इजाजत नभएको एकथान बन्दुकसहित पाँचथान बन्दुकमा प्रयोग हुने टोटा/कार्टिज, तीनथान मोबाइल र उक्त मोटरसाइकल बरामद गरिएको जनाइएको छ।
Facebook Comment