थारू समाचार

कैलारी गाउँपालिकामा भलमन्सा प्रथालाई कानुनी मान्यता प्रदान

थारु समुदायमा सदियोदेखि प्रचलित भलमन्सा (बड्घर) प्रथालाई कैलालीको एक स्थानीय तहले कानूनी मान्यता दिएको छ । थारु समुदायको बाहुल्यता रहेको कैलारी गाउँपालिकाले भलमन्सा प्रथालाई कानूनी मान्यता दिएको हो । ४९ हजार जनसङ्ख्या रहेको सो गाउँपालिकामा ९७ प्रतिशत थारु समुदायका मानिसको बसोबास छ ।

अविनाश चौधरी

काठमाडौंका एक व्यापारीको हत्या आरोपमा नवलपरासीपश्चिममा ६ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका- २७ असनमा भाँडा तथा हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका ३५ वर्षीय विजय चौधरीलाई माघ १० गते रामग्राम नगरपालिकास्थित जोकवारमा हत्या गरी फालिएको थियो ।

थारूवान

सर्वोच्च अदालतले थारु कल्याणकारिणी सभा (थाकस)ले दायर गरेको विज्ञापनसम्बन्धी रिटमा कारण देखाउ आदेश जारी गरेको छ। सं‌विधानबमोजिम थारु समुदायलाई पनि कोटा उपलब्ध हुनुपर्ने माग गर्दै थाकसले लोकसेवा आयोगले प्रकाशित गरेको नायब सुब्बाको विज्ञापन, प्राविधकतर्फ इन्जिनियरिङको विज्ञापन, बागमी प्रदेश र कर्णाली प्रदेशले प्रकाशित गरेको सूचनाविरुद्ध रिट दाय गरेको थियो।

थारुवान संबाददाता

थारु कल्याणकारिणी सभा (थाकस)ले थारु समुदायलाई आरक्षण नछुट्याएको भन्दै पछिल्लो समय सरकारी विज्ञापनहरुविरुद्ध रिट दिने क्रम जारी राखेको छ। थाकसले मंगलबार फेरि सरकारी संघ संस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

थारुवान संबाददाता

बुटवलमा आज बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २९ वर्षीय सविन चौधरी, सोही ठाउँका २७ वर्षीय गोविन्द चौधरी र २७ वर्षीय नवीन श्रेष्ठ छन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसका कैलालीले ३ वडा अध्यक्षसहित १५ जनप्रतिनिधिको पद खारेजी गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ। कांग्रेसले पार्टीबाट पद मुक्त गर्दै जनप्रतिनिधिसमेत रहेको पद खारेजीको माग गर्दै निर्वाचन आयोगलाई सिफारिस गरेको हो।

थारुवान संबाददाता

जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य कल्पना थारु नेकपा एमालेमा प्रवेश गरेकी छन्। सप्तरीमा आयोजित कार्यक्रममा कल्पना थारुसहित ३२ जना कार्यकर्ताहरु जसपा परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन्।

थारुवान संबाददाता

कैलालीको टीकापुरको पुछरीका सन्तोषकुमार चौधरीका तीन सन्तान छन्। सन्तोषले भैँसीपालन व्यवसाय गरेका छन्। उनले आफ्नो व्यवासयिक कामसँगै श्रीमतीलाई घरको काममा समेत सघाउँछन्। त्यसका कारण उनका बच्चा र श्रीमतीको स्वास्थ्य राम्रो छ। ‘तीन सन्तान हुर्काउँदा श्रीमतीलाई आराम र पोषिलो खानेकुरा आवश्यक थियो, त्यो समयमा उनले अरु बेला जस्तो घर तथा...

थारुवान संबाददाता

घोराहीका महेश चौधरीले १३ कठ्ठा खेतमा घाँस लगाएका छन्। हिउँदमा बरसिम लगाएपछि एक याममा चारदेखि पाँच पटकसम्म काट्न सकिन्छ। घाँस लगाउँदा त्यसले धान उत्पादनमा समेत वृद्धि हुने उनको अनुभव छ। बीउ छरेपछि गोडमेल र स्याहार्न झन्झट नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो।

रञ्जिता अधिकारी

नेकपा एमाले निकट भूमिहीन सुकुम्बासी संगठनले संविधानले निर्धारण गरेको समयभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएको छ। संगठनकी अध्यक्ष शान्ता चौधरीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सरकार स्थानीय चुनाव नगर्ने चालबाजीमा रहेको आरोप लगाएकी छन्।

थारुवान संबाददाता