रेशम चौधरीको पार्टीमा आबद्ध भएका कांग्रेसका १५ जनप्रतिनिधिको पद खारेज गर्न सिफारिस

नेपाली कांग्रेसका कैलालीले ३ वडा अध्यक्षसहित १५ जनप्रतिनिधिको पद खारेजी गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ। कांग्रेसले पार्टीबाट पद मुक्त गर्दै जनप्रतिनिधिसमेत रहेको पद खारेजीको माग गर्दै निर्वाचन आयोगलाई सिफारिस गरेको हो।

कांग्रेस कैलालीले टीकापुर वडा नम्बर १ का वडा अध्यक्ष लालबिर चौधरी, वडा नम्बर ३ का वडाअध्यक्ष रामसेवक महतो, वडा नम्बर ५ का वडाअध्यक्ष रामशंकर डगौरा थारु, टीकापुर नगरपालिका कार्यपालिका सदस्य रमेश विक, वडा नम्बर ३ का वडा सदस्य बिना थारु, वडा न ३ वडा सदस्य भागिदेबी कामी, वडा न ४ वडा सदस्य तुलसा देबी बिक वडा न ४ वडा सदस्य प्रेमलाल चौधरी, वडा न ४ वडा सदस्य रुपमति डगौरा थारु, वडा न ५ वडा सदस्य बलबीर थारु (चौधरी), वडा न ५ वडा सदस्य कन्हैया चौधरी, वडा न ५ वडा सदस्य आशा थारु, वडा न ५ वडा सदस्य सरिता भुल, वडा न ६ वडा सदस्य रामशंकर चौधरी, वडा न ६ वडा सदस्य जमुना चौधरीलाई पदमुक्तका लागि निर्वाचन आयोगमा सिफारिस पठाएको हो।

नेपाली कांग्रेस कैलालीले, टीकापुर नगर कार्यसमितिको माघ १४ गतेको निर्णय, क्षेत्र न १ प्रदेश सभा ‘क’ कार्यसमितिको सिफारिस, क्षेत्र न १ क्षेत्रिय कार्यसमितिले माघ १८ गतेको सिफारिस पत्र अनुसार जिल्लाका कार्यबाहक सभपति प्रकाश बमले निर्वाचन आयोगमा सिफारिस पठाएका हुन्।

उनीहरु कांग्रेस परित्याग गरेर रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भएका थिए। उनीहरुलाई साधारण सदस्यसमेत नरहने र स्थानीय तहको पद समेत खारेज गर्न निर्वाचन आयोगलाई सिफारिस पठाएको नेपाली कांग्रेस कैलालीका प्रचारप्रसार प्रमुख नृपबहादुर सुनारले जानकारी दिए। -सुदूरपत्रबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *