जसपा केन्द्रीय सदस्य कल्पना थारुसहित ३२ जना एमालेमा प्रवेश

जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य कल्पना थारु नेकपा एमालेमा प्रवेश गरेकी छन्। सप्तरीमा आयोजित कार्यक्रममा कल्पना थारुसहित ३२ जना कार्यकर्ताहरु जसपा परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन्।

एमालेका केन्द्रीय सदस्य राजकुमार लेखीका अनुसार जसपाका केन्द्रीय सदस्य कल्पना थारु, जिल्ला सदस्य माधुरी चौधरी, जसपाबाट निर्वाचित कन्चनरुप नपा ७ की वडा सदस्य निर्मला चौधरी, नगर कमिटी सदस्य बाबुराम चौधरी, ननलालाल चौधरीलगायत ३२ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए।

उनीहरुलाई केन्द्रीय सदस्य राजकुमार लेखीलगायत एमालेका नेताहरुले स्वागत गरेका थिए। कल्पना थारु यसअघि राजकुमार लेखीको पार्टी नागरिक समाजवादी पार्टीमा रहेकी थिइन्। लेखी सद्भावना हुँदै जसपा पुग्दा उनी पनि सँगै जसपा भएकी थिइन्।

लेखी एमालेमा प्रवेश गरेपछि आफ्ना नेता कार्यकर्ताहरुलाई क्रमशः एमालेमा ल्याउने प्रयत्न गरिरहेका छन्। लेखी आफैँ एमाले प्रवेश गर्दा पनि दर्जनौं कार्यकर्ताहरुलाई एमाले प्रवेश गराएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *