सन्तोष चौधरी भन्छन्- बच्चा हुर्काउन पुरुषको पनि महत्पूर्ण भूमिका हुन्छ

कैलालीको टीकापुरको पुछरीका सन्तोषकुमार चौधरीका तीन सन्तान छन्। सन्तोषले भैँसीपालन व्यवसाय गरेका छन्। उनले आफ्नो व्यवासयिक कामसँगै श्रीमतीलाई घरको काममा समेत सघाउँछन्। त्यसका कारण उनका बच्चा र श्रीमतीको स्वास्थ्य राम्रो छ।

‘तीन सन्तान हुर्काउँदा श्रीमतीलाई आराम र पोषिलो खानेकुरा आवश्यक थियो, त्यो समयमा उनले अरु बेला जस्तो घर तथा खेतबारीको काम गर्न सकिनन्। श्रीमतीले सन्तान हुर्काउने यो समयमा मैले उनले गर्ने सबै काममा सघाए, बच्चाको कपडा धुने, भान्सामा सघाउने, बच्चाको सरसफाइमा सघाउने काम गरेँ,’ उनले भने।

सन्तोषलाई बालबच्चा स्याहार, भान्साको काम र सरसफाइको काम गर्दा श्रीमतीलाई सघाइरहेको छु भन्ने कहिल्यै लागेन। बरु उनलाई यो काम घरको हो, घरको काम सबै मिलेर गर्नुपर्छ भन्ने लाग्छ। सन्तोषकी श्रीमती सीतालाई सहयोगी श्रीमान् र परिवार पाएकामा गर्व लाग्छ। सीताको घरमा सबै काम मिलेर गरिन्छ, त्यसैले उनलाई जीवन सुन्दर लाग्छ। ‘श्रीमानमात्र होइन सासुआमा पनि यस्ते सहयोगी हुनुहुन्छ, हामी जसको अगाडि जे काम छ त्यसैले गर्छौं,’ सीताले भनिन्, ‘गर्भावस्था र बच्चा साना भएका बेला सासु र श्रीमानले दैनिक कुखुराको अण्डा खुवाउने, पोषणयुक्त अन्य खानेकुरा बनाइदिने गरेर मलाई स्याहार गर्नुभयो।’

स्वास्थ्य र पोषण सुधारका लागि लैंगिक समानता आवश्यक छ। लैंगिक असमानताका कारण स्वास्थ्य र पोषणमा असर पारेको छ। यसलाई सुधार्नका लागि लैंगिक समानता आवश्यक छ भनी लैंगिक दृष्टिकोणले महिला र बालबालिकाको पोषण सुधारका लागि घरायसी काममा पुरुषको सहभागिता आवश्यक रहेको पोषण सुधारका अभियानताहरु बताउँछन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *