गायक दोषहरण चौधरी सम्मानित, थारु साहित्य सम्मेलनमा १० बुँदे घोषणा पत्र जारी

थारु लेखक संघ नेपालले गायक एवं कलाकार दोषहरण चौधरीलाई थारु साहित्य पुरस्कारबाट सम्मान गरेको छ। थारु भाषा, साहित्य, सँस्कृति र संगीत क्षेत्रमा पुर्‍याएको योगदानबापत गायक चौधरीलाई १५ हजार ५५५ रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको हो। कञ्चनपुरमा आयोजित छैटौं राष्ट्रिय थारु साहित्य सम्मेलनमा उनलाई यो पुरस्कार वितरण गरिएको थियो।

‘थारु भाषा, साहित्य, संस्कृतिको संरक्षण र सम्बर्द्धनको लागि विभिन्न थारु विज्ञहरुद्वारा स्थापित संस्था ‘थारु लेखक संघ’ जसले विगत ५ वर्षदेखि फरक-फरक स्थानमा साहित्य सम्मेलन गरी समसामयिक विषयमा बौद्धिक बहस गरी विभिन्न मुद्दाहरु उत्थान गर्दै आइरहेको छ।

संस्थाद्वारा हरेक वर्ष दिइने साहित्य पुरस्कार यस वर्ष मलाई प्रदान गरिएकोमा निकै आभारी छु। थप जिम्मेवारी बोध गर्दै अझ मिहिनेत गर्ने प्रयत्न गर्दछु। संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारी, अध्यक्ष (कैलाली) सीताराम चौधरी, कृष्णपुर नगरपालिका नगर प्रमुख कर्ण बहादुर हमाल, निर्णायक मन्डल लगायत सम्पुर्ण आयोजक टिमलाई धेरै धेरै धन्यवाद,’ पुरस्कार पाएपछि गायक चौधरीले भने।

त्यस्तै तीन दिने साहित्य सम्मेलन १० बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ। जसमा स्कुलहरुमा थारु भाषाको पठन पाठन कार्यान्वय गराउने, थारु साहित्य तथा सँस्कृतिको दस्तावेजीकरण गर्ने, श्रष्टाहरुलाई सम्मान गर्ने, अक्ष्य कोष स्थापनाका लागि पहल गर्नेलगायत बँदा समावेश गरिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *