विराटनगर महानगरको उपमेयरमा विजय गच्छदार निकट दुई जना सिफारिस

नेपाली कांग्रेसबाट विराटनगर महानगरपालिकाको उपमेयरमा थारु समुदायाबाट दुई जनाको नाम सिफारिस भएको छ। पार्टीको विराटनगर समिति सभापति दीपक चपागाईंले मेयरका लागि ७ र उपमेयरका लागि १२ जनाको नाम पार्टी केन्द्रीय समितिसमक्ष शनिबार सिफारिस गरेको हो।

जसअनुसार प्रमिला गच्छदार र सूची चौधरीको नाम उपमेयरका लागि सिफारिस गरिएको छ। दुबै जना विजय गच्छदारका आफन्त हुन्। सूची चौधरी अघिल्लो स्थानी तह निर्वाचनमा गच्छदार नेतृत्वको फोरम लोतान्त्रिकबाट विराटनगर महानगरपलिकामा उपमेयरका उम्मेदवारसमेत रहेकी थिइन्।

उनीहरुबाहेक उपमेयरमा निरज कोइराला, झुमा गौतम, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा. सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ।

त्यस्तै मेयरमा कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, डा. डिला संग्रौला, विराटनगरका हालका मेयर भीम पराजुली, कांग्रेस मोरङका जिल्ला उपाध्यक्ष नागेश कोइराला, महानगर सभापति दिपक चापागाईं, प्रदेश समिति सदस्य एवं पूर्वप्रशासकीय अधिकृत गोपाल रेग्मी र हालकी उपमेयर इन्दिरा कार्कीको नाम सिफारिसमा परेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *