रेशम चौधरीको पार्टीले टीकापुरसहित कैलालीका १३ वटै पालिकामा उम्मेदवारी दिने

जेल जीवन बिताइरहेका प्रतिनिधिसभाका सांसद रेशम चौधरीको पार्टीले कैलालीको सबै पालिकामा उम्मेदवारी दिने भएको छ। चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीका १३ वटै स्थानीय तहमा उम्मेदवारी दिने तयारी गरेका हुन्।

स्थानीय तहको चुनावका लागि पार्टीका तल्लो तहका समितिलाई वैशाख ५ गतेभित्र उम्मेदवारहरुको नाम सिफारिस गर्न निर्देशन दिएको छ। नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य गंगा चौधरीले जिल्लाका सबै स्थानीय तहमा पार्टी समिति विस्तार भइसकेकाले ३० वैशाखमा हुने चुनावमा उम्मेदवारी दिने तयारी गरेको जानकारी दिए।

टीकापुर नगरपालिकासहित पूर्वी कैलालीका भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकालाई आफ्नो प्रभाव क्षेत्र मानेको नागरिक उन्मुक्ति पार्टीले यी ठाउँमा आफ्ना उम्मेदवारको जित सुनिश्चित भएको दाबी गरेको छ भने ढिलो गरेर संगठन विस्तार भएका स्थानीय तहमा समेत धेरै वडाहरुमा आफ्नो उम्मेदवार जित्ने विश्वास लिएको छ । तर उक्त पार्टीले चुनावमा कुनै पनि दलसँग गठबन्धन नगर्ने जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *