तथ्यहीन समाचार प्रकाशन गरेर बदनाम गराउन खोजियो : अध्यक्ष थारू

बारा : बारागढी गाउँपालिकाका प्रवक्ता अच्छेलाल महराले चुनाव नजिकिदै गर्दा गाउँपालिकालाई बदनाम गर्ने समाचारहरू प्रकाशन हुन थालेको बताएका छन्। महालेखा परीक्षणले प्रकाशन गरेको ५८ प्रतिवेदनमा बारागढी गाउँपालिका सबैभन्दा कम बेरुजु भएकाले विपक्षी दलका नेताहरूले पत्रकारलाई परिचालन गरी विभिन्न किसिमको अनर्गल समाचार सम्प्रेषण गराउने गरेको बारागढी गाउँपालिकाका अध्यक्ष देवदत बछाड थारूले पत्रकार सम्मेलनमा सुनाए।

तत्कालीन बारागढी गाउँपालिकामा सरूवा भई प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका वकिल पालले गाउँपालिकालाई नै विवादीत बनाएका बेला गाउँपालिकाको सम्पूर्ण कामकाज प्रभावित भएको बताए। सोही बेला केही सञ्चारकर्मीहरूले विपक्षी राजनीतिक दलका दबाबमा विभिन्न किसिमको तथ्यहीन र भ्रामक समाचारहरू प्रकाशन गरेकाले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीलगायत जनप्रतिनिधिहरूले खेद प्रकट गरेको विज्ञप्तिमार्फत् जानकारी गराएका थिए।

गाउँपालिकाले तथ्यहीन र भ्रामक समाचार लेख्ने पत्रकारलाई कार्यक्रम तथा आर्थिक लाभ हुने काम नदिएकाले समाचारहरू लेख्ने गरेको प्रमुख प्रशासकीय अधिकृत चौधरीले आरोप लगाएका छन्। समाचार लेख्ने पत्रकारले पटक-पटक कहिले वडा नम्बर १ का वडा अध्यक्ष सुरेश चौधरी त कहिले स्थानीयमार्फत कार्यक्रम माग्न आउने गरेको बताइएको छ। तर निर्वाचन नजिकिदै गर्दा आचार संहिता लागू भएकाले अब कुनै पनि सम्झौता नगरेको भन्दै फर्काएकाले गाउँपालिकालाई बदनाम हुनेगरी समाचार प्रकाशित गरिएको गाउँपालिकामा कार्यरत कर्मचारीहरूको भनाइ छ।

पत्रकारले समाचार लेख्दा आचारसंहिता पालना गर्नुपर्ने हुन्छ, तर समाचार लेख्ने पत्रकारले समाचार लेख्दा सम्बन्धित कार्यालयका फाँटवाला प्रमुख वा प्रमुख प्रशासकीय अधिकृतसँग प्रतिक्रिया लिई समाचार लेख्नुपर्ने कुरामा गाउँपालिकाका कर्मचारी उपेन्द्र साहले जानकारी दिए। तर समाचार लेख्ने पत्रकारले सम्बन्धित कसैको बिना प्रतिक्रिया एकपक्षीय समाचार प्रकाशन गर्ने गरेकाले बार्गेनिङ गरेको सबैको बुझाइ रहेको उनको भनाइ थियो।

बारागढी गाउँपालिकाको गोरख धन्दा, दर्ता चलानी रजिष्टरमा खाली ठाउँ छाडिएको तथ्य फेला भन्ने शीर्षकमा प्रसारित समाचार तथ्यहीन रहेको बारागढी गाउँपालिकाका प्रशासन फाँटका कर्मचारी राजमराम साहले बताए। प्रशासन शाखामा कार्यरत कर्मचारी साह र समाचार लेख्ने पत्रकार गाउँले भएकाले पाँच महिना पहिला समाचार लेख्ने पत्रकारले फोटो खिचिएको बताए। तर पुरानो फोटो देखाएर अहिले निर्वाचनको बेला विपक्षी दलसँग मिलेर तथ्यहीन तथा भ्रामक समाचार बारम्बार प्रकाशित गर्ने गरेको उनको आरोप छ। कारण एउटामात्र हो- समाचार लेख्ने पत्रकारलाई कार्यक्रम हामीले दिन नसकेको उनले स्पष्ट पारे।

आर्थिक वर्ष सुरु हुने बेलामा आफूबाट गल्ती भएको उनले बताए। ‘कहिले आफू प्रशासन फाँटमा नबसेकाले सुरुवातमा आफूबाट गल्ती भएकाले प्रमुख प्रशासकीय अधिकृत चौधरीले मौखिक तथा लिखित स्पष्टीकरण सोधेका थिए। प्रमुख प्रशासकीय अधिकृत चौधरीले मिति २०७८ पौष २ गते नै सो विषयमा स्पष्टीकरण सोधेको कुरा प्रशासन शाखामा कार्यरत कर्मचारी राजारामले पत्रकार सम्मेलनमा स्वीकारे। साथै निर्वाचन नजिकिदै गर्दा सञ्चारकर्मी साथीहरूले पनि राजनीतिक दलका पछाडि नलागेर सत्यतथ्य बुझेर समाचार सम्प्रेषण गर्न आग्रह गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *